पियारी आमा : घर सानो मन भने ठूलो !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार ११:३७:२६
१९ साउन, त्रिवेणी । खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, “यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइँन, अब अरूले पढ्न पाउन ।”
गुरुङको नवलपरासी 'बर्दघाट सुस्तापूर्व' नवलपुरको कावासोती नगरपालिका–४ मा बसोबास रहेको छ । उमेरले ९६ वर्ष पुगेकी उनलाई सम्मानले बोलाउने नाम बनेको छ ‘पियारी आमा’ । पियारी आमाको घर सानो भए पनि मन भने ठूलो छ । उनले आफूसँग भएको सबै सम्पत्ति विद्यालयलाई हस्तान्तरण गरिन्।
पियारी आमाले कावासोती–४ स्थित सरस्वती माविलाई आफ्नो नाममा रहेको सबै आठ कठ्ठा जग्गा दान गरेकी हुन्। निःसन्तान उनी श्रीमानको मृत्यु भएपछि एक्लै बस्दै आएकी छिन् । पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घरमात्रै छ ।
विद्यालयलाई दिएको जग्गामै उनको घर रहेको छ । खेतमा हुने सबै उब्जनी पियारी आमाले विद्यालयलाई दिने गरेकी छिन् । “मैले दान दिएकी हुँ, दान दिएको फेरि आफूले लिनहुन्न”, उनले भनिन्, “त्यसैले यहाँ जे–जे लगाउँछु पछि विद्यालयलाई लगेर बुझाउने गरेको छु ।”
पियारी आमाले आफूसँग भएको जग्गामात्रै होइन, उनका श्रीमान् भारतीय सेनाबाट निवृत्त भएकाले आउने पेन्सनसमेत अरुलाई सहयोग गर्ने गरेकी छिन् । विशेषगरी विद्यालयलाई दान दिनमै उनको रुचि छ ।
पियारी आमाले विद्यालयमा विभिन्न समयमा आफूसँग भएको पैसा ल्याएर दिने गरेको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पौडेलले बताए । “अरूलाई सहयोग गरौँ भन्ने उनको भावना छ, विद्यालयमा बेला–बेलामा सहयोग प्रदान गरेकाे छु ”, उनले भनिन । अरुबाट केही आश नगर्ने, केही लिन नखोज्ने तर आफूले भने सहयोग गर्ने स्वभाव उनको छ । शिक्षा क्षेत्रमा आफूसँग भएको सबै रकम दान गरेकाले विद्यालयले पियारी आमालाई सर्वस्वदाताका रूपमा सम्मानसमेत गरेको छ ।
शिक्षाको विकासका लागि निस्वार्थ भावमा आफ्नो सबै जायजेथा दान गरेकाले उनको सम्मानमा अहिले पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागिएको छ । पियारी आमाको घरछेउमा स्मृतिस्तम्भ निर्माण गर्न लागिएको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले बताए । “शिक्षाको विकासमा बिनास्वार्थ पियारी आमाले गरेको दान ठूलो छ, हामीले दाताको हौसला बढाउनुपर्छ, त्यसैले सम्मानस्वरुप पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागेका हौँ”, उनले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार