लोपोन्मुख समुदायमा निःशुल्क स्वास्थ्य बीमा
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १५:३५:९
१९ साउन, बागमती । बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ । उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु पाँच करोड २५ लाख बजेट बिनियोजन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले सीमान्तकृत लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता (क) र (ख) वर्ग भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले जानकारी दिनुभयो । कूल १३ जिल्लाका एक सय १९ वडामा स्वास्थ्य बीमा गराउन लागिएको हो ।
मन्त्रालयका अनुसार गत आवमा आश्रममा आश्रितहरुको मात्र बीमा गरिएको थियो । चालु आवमा बीमा बोर्डमार्फत प्रत्येक वडासम्म पुग्ने गरी कार्यक्रम तय गरिएको छ । स्वास्थ्य बीमा नभएका कारण औषधि उपचार गर्दा महँगो खर्च हुने र पैसा अभावकै कारणले उपचार गराउन पाउन समस्या छ । सोही समस्यालाई ध्यानमा राख्दै प्रदेश सरकारले लक्षित निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको हो ।
निःशुल्क बीमामा अधिकतम पाँच जनासम्मको परिवारलाई रु एक लाखदेखि एक लाख २५ हजारसम्मको बीमा गरिन्छ । बीमितले तोकिएको सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचार र औषधिको सुविधा पाउनेछन् ।
स्वास्थ्य बीमा बोर्डका अनुसार मकवानपुरमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म करिब एक लाख ५२ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बीमा भइसकेको छ । पाँच वर्षअगाडि सुरु गरिएको बीमा कार्यक्रम अन्तर्गत ९१ प्रतिशतले नवीकरण गराइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने
असोज १०, २०८१ बिहिबार
बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
असोज ६, २०८१ आइतबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार