बुटवलमा गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १५:५८:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/ultrasound-scan_w1KRWqpo9x_bj5hxZegRC.jpg)
१९ साउन, लुम्बिनी । बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ (भिडियो एक्सरे) सेवा निःशुल्क सुरु गरेको छ ।
बुटवल उपमहानगरपालिका–९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गरेको हो । नगर प्रमुख पाण्डेयले नगरले स्वास्थ्यका क्षेत्रमा धेरै काम गरिरहेको जनाउँदै शिशु पोषण कार्यक्रमअन्तर्गत रु दुई हजार, महिलाको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताए ।
उनले उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थालाई अझ सुविधासम्पन्न बनाउने र छिट्टै नै बुटवल–१३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन हुने बताए ।
उनले महिलाको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर नियमित रुपमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिरहेको बताए । उनले चालु आर्थिक वर्षमा ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने, गर्भवती तथा सुत्केरीलाई दुग्धवर्धक जटीबुटीजन्य सामग्री प्रदान गर्ने र दन्त शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरी, वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठ, ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवलमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए ।
अबदेखि बुटवलका १२ वटै स्वास्थ्य संस्थामध्ये बुद्धनगरको सहरी स्वास्थ्य संस्थामा हरेक महिना तीन दिन र अन्य संस्थाबाट हरेक महिना एकदिन गर्भवती महिलाको भिडियो एक्सरे निःशुल्क सेवा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले बताए ।
बुटवलका बासिन्दाका लागि लक्षित भएकाले सेवाग्राहीका चापलाई ध्यानमा राखेर सेवा विस्तार गर्ने उनले बताए । सेवाग्राहीको चाप र मागअनुसार सबै स्वास्थ्य संस्थाबाट नियमित रुपमा निःशुल्क सेवा दिने गरी तयारी भइरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा नेपालले फिर्ता लियो लुम्बिनीमा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन
असार ९, २०८१ आइतबार
कमजोर आर्थिक अवस्थाले मुसहर बालबालिका विद्यालय शिक्षाबाट वञ्चित
असार ४, २०८१ मंगलबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन
असार १२, २०८१ बुधबार
संसदीय छानबिन समितिले माग्यो गोरखा मिडिया नेटवर्कमा लगानी गरेका सहकारीको कागजात
असार १२, २०८१ बुधबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार