सरकारले आमसञ्चार जगतलाई दवाव र प्रभावमा राख्ने गरी कुनैपनि कानुन बनाउँदैनः कानुनमन्त्री धनराज गुरुङ
नेपालबहस संवाददाता
साउन २०, २०८० शनिबार २१:३२:१२
२० साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सञ्चार क्षेत्रलाई अनावश्यक नियन्त्रण गर्ने गरी कुनै पनि कानुन नबन्ने प्रतिबद्धता जनाएका छन् । उनले सरकारले अहिले ड्राफ्ट गरेका कानुनमा समेत त्यस्तो व्यवस्था नरहेको दाबी गरे ।
शनिबार नेपाल प्रेस युनियनले प्रस्तावित सूचना तथा सञ्चार विधेयकका सम्बन्धमा आयोजना गरेको छलफलमा मन्त्री गुरुङले लोकतन्त्रमा मिडियालाई नियन्त्रण गर्ने कुरा कल्पना पनि गर्न नसकिने बताए । उनले मिडिया क्षेत्रलाई नै नियन्त्रित गर्ने गरी विधेयक बनाउने गरी कुनै छलफल भएको आफूलाई जानकारी नभएको बताए ।
मन्त्री गुरुङले एकपटक शीर्ष नेताहरूबीच छलफल हुँदा सामाजिक सञ्जाल अति छाडा भए यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको तर, त्यसपछि सञ्चार कानुनका विषयमा छलफल नभएको बताए । उनले आफैँ पनि आमसञ्चार क्षेत्रलाई अनावश्यक नियन्त्रण गर्ने पक्षमा नरहेको र आफू पनि लोकतन्त्रवादी भएकाले नियन्त्रण गर्ने कानुनबारे कल्पनासमेत गर्न नसक्ने बताए ।
उनले लोकतन्त्रमा लोकतान्त्रिक व्यवस्था र पद्धतिकै चिरहरण हुने गरी सञ्चार क्षेत्रको नियन्त्रण गर्ने गरी कानुन बनाउन नमिल्ने बताए । मन्त्री गुरुङले प्रस्तावित विधेयक आफूले पढ्न बाँकी रहेको भन्दै त्यसमा रहेका कमजोरीहरू सच्याउने बताए । उनले सञ्चार कानुन बन्दा कस्ता विषयहरु राख्नुपर्छ भन्ने विषयमा यस क्षेत्रका अग्रजहरूले सुझाव दिनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार