शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने समस्या बढेपछि विद्यालय ५ दिन बन्द
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १२:५:७
२१ साउन, काठमाडाैं । शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सिन्धुलीको कमलामाइ नगरपालिकाका विद्यालय पाँच दिनका लागि बन्द गरेका छन् ।
आँखा पाक्ने रोगको संक्रमणलाई न्युनिकरण गर्नका लागि आज बसेकाे बैठकले भाेलि सोमबारदेखि शुक्रबारसम्म पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद दाहालले बताए ।
उनका अनुसार नगर मातहतका सामुदायिक र संस्थागत विद्यालय बन्द रहनेछन् । बैठकले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको उनले बताए । कमलामाई नगरपालिका अन्तरगत ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालय रहेका छन् ।
संक्रमण हुँदा बिरामीमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँसु बग्ने, घाममा हिंड्न गाह्रो हुने लगायत लक्षण देखा पर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
हुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार