मकैको कोयाबाट गुडिया बनाउदै लक्ष्मी [ फाेटाेफिचर ]
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १९:११:२
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepal_Corn_Husk_Handicraft_photo_sujan_gurung_MG_9557_8tCNo57Fpw_DEa9PqOnsl.jpg)
२१ साउन, काठमाडाैं । पाटनको हाखा चुसिका नानी गल्ली सुरु हुने मोडको दुई घर पार गरेपछि पुगिन्छ, सिस्टर्स क्रियसन एण्ड क्याफे । मानिसहरूले यो क्याफेलाई मकैको कोयाबाट पुतली वा गुडिया बनाउने ठाउँको रुपमा पनि चिन्छन् ।
पहिला तीन दिदी बहिनीको संयुक्त प्रयासबाट सुरु भएको मकैको कोयाबाट गुडिया बनाउने कलालाई व्यावसायिक रुपमा अझै पनि निरन्तर चलाइरहेकी छिन् लक्ष्मी नकर्मीले । २० वर्षको हुँदा एक म्यागेजिनमा अमेरिकामा केही मानिसहरूले मकैको कोया 'कर्न हस्क' बाट गुडिया र विभिन्न कलाकृति बनाउने गरेको पढेकी लक्ष्मीले त्यहीबाट प्रेरित भएर आफ्ना दिदी बहिनीहरुसंग मिलेर यसको सुरुवात गरिन् ।
“नेपालमा सजिलै पनि पाइन्छ मकैको खोया र यसको सुत्ला पनि यत्तिकै फालिएको हुन्छ । मैले म्यागेजिनमा यसको उपयोग भएको देखेपछि हामी दिदीबहिनी मिलेर त्यसबाट गुडिया र विभिन्न आकृति बनाउन सुरु गर्यौं ।” लक्ष्मीले भनिन् ।
सुरुवाती दिनमा गुडिया बनाउँदा केही गल्ती भएको भए पनि उनले तिनै गल्तीबाट सिक्दै आफ्नो कलालाई निखार्दै ल्याइन् । मकैको सुत्ला र खोयाबाट गुडिया बनाउन थालेको ३ दशक भइसक्दा अहिले उनको कला निकै तिखारिएको छ ।
“मलाई सधैं नयाँ नयाँ कुरा परीक्षण गर्न मन पर्छ । मैले विशेषतः नेपाली जातजाती र तिनको भेषभुषालाई प्रतिबिम्बित गर्ने गरि गुडियाहरु बनाउने गरेको छु । कहिले काही ग्राहकहरूको अर्डर अनुसार पनि मैले बनाउने गरेको छु ।”
सुरुवाती समयमा ३ दिदी बहिनीले संयुक्त रुपमा सुरु गरेको भए पनि विवाह पश्चात उनले मात्रै यसलाई प्रत्यक्ष रुपमा निरन्तरता दिएकी छिन् । उनका २ दिदी बहिनी अप्रत्यक्ष रुपमा भए पनि उनको यस व्यवसायमा जोडिएका छन् ।
अहिले उनको यो व्यवसायमा ५ जना सहयोगी छन् । ती मध्ये अधिकांशले बोल्न र सुन्न सक्दैनन् । उनीहरू सबैलाई यही लक्ष्मीले नै तालिम दिएर दक्ष बनाएकी छिन् । “सुरुवाती समयमा त मलाई अलिक गाह्रो भएको थियो तर अहिले निकै सहज र छिटो छिटो काम गर्न सक्छु मैले पनि ।” विगत सात वर्षदेखि यही काम गर्दै आएकी संगिता सुनुवारले नयाँ पत्रिकालाई साङ्केतिक भाषामा बुझाइन् ।
यहाँ बन्ने गरेका गुडियाको मुख्य विशेषता भनेकै पुनः प्रयोग गर्न मिल्ने वस्तुको प्रयोग नै हो । काठको धुलो, मकैको खोया र सुत्ला, कपडा, लोक्ता कागज, तार लगायतका वस्तु प्रयोग गरेर गुडिया बनाउने गरिन्छ । यहाँ मुख्यतयाः जातीय भेषमा रहेका गुडियाहरु बन्ने गरेका छन् । जसलाई तयार गर्न एक जनालाई २ दिनसम्मको समय लाग्छ तर कार्य विभाजन गरेर काम गरिने हुँदा एक घण्टा भन्दा पनि कम समयमा एउटा सानो गुडिया तयार हुन्छ ।
“आफ्नो कला र संस्कृतिलाई कहिल्यै पनि मासिन वा हराएर जान नदिनको लागि जातीय भेषभुषालाई विशेष ग्राहयता दिएको छु । मैले सुरुवाती समयमा गुडिया बनाएर साथीहरूलाई गिफ्ट दिनको लागि लग्थें तर साथीहरुले सित्तैमा केही पनि लिन हुन्न भनेर केही रुपैंया दिन्थे । पछि विस्तारै मैले यसलाई व्यवसायकै रुपमा अघि बढाएँ ।” नकर्मीले भनिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार