सुन तस्करी प्रकरणको छानविनबारे उठेका प्रश्नको गृहमन्त्री श्रेष्ठले प्रतिनिधिसभामा जवाफ दिने
नेपालबहस संवाददाता
साउन २३, २०८० मंगलबार १४:४०:३५
२३ साउन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको विषयमा संसदमा उठको प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठक सञ्चालन हुने भएपछि उनले जवाफ दिन लागेका हुन् ।
सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन नहुँदा सम्म संसद सञ्चालन हुन नदिने अडानसहित अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार भने बैठक सञ्चालन गर्न दिने जनाएको छ ।
बैठकमा गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणका विषयमा सम्बोधन गर्ने भएका छन् । यसअघि छानबिन समिति नबनेसम्म संसद सञ्चालन गर्न नदिने अडानमा रहेको एमाले मंगलबार गृहमन्त्रीको जवाफ सुन्न तयार भएको हो ।
संसदमा अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार ३ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दिने बताए ।
‘हामीले पुरानै मागहरू राख्यौं । तर कुनै सहमति भएन, प्रधानमन्त्रीजीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सहमत हुनुभएन,’ उनले भने, ‘तर धेरै दिनसम्म संसद् अवरुद्ध गर्ने कुराले भ्रम फैलिएको छ । सरकार र सत्तापक्षले प्रमुख प्रतिपक्षीलाई गलाउने, थकाउने, निचोड केही नदिएर जनताका बीचमा भ्रम फैलाउने प्रयास गरिरहेको छ । त्यसैले आजको बैठक चल्छ । बैठकमा गृहमन्त्रीजीले सम्बोधन गर्नुहुन्छ । सांसदहरूले आफ्नो कुरा राख्नुहुन्छ । त्यसपछिको अवस्था हेरेर हामी अघि बढ्छौं ।’
उनले देशभरि बाढी पहिरोले क्षति पुर्याएको र जनजीविकाका अन्य सवालहरू समेत संसदमा उठाउन आवश्यक रहेको बताए । मंगलबार ३ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसअघि सभामुख देवराज घिमिरेले बैठक सञ्चालनकै विषयमा छलफल गर्न प्रमुख सचेतकहरूलाई बोलाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक आज बस्दै
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनको आह्वान
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
बैशाख २७, २०८१ बिहिबार
गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज
बैशाख २७, २०८१ बिहिबार
नेपाल प्रहरीका ५१९ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)
बैशाख २७, २०८१ बिहिबार
मेरो चरित्र हत्या गर्नेलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउछु : पारस खड्का
बैशाख २७, २०८१ बिहिबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
बैशाख २७, २०८१ बिहिबार
महाकाली नदीको टापुमा फसेका २७-२८ जना मजदुरको उद्धारका लागि पहल जारी
बैशाख २७, २०८१ बिहिबार