दुई जनाको नागरिकता रद्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १७:४५:३४
२४ साउन, काठमाडाैं । सरकारले वंशजका आधारमा झूटो विवरण पेश गरी लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले, जिल्ला प्रशासन कार्यालय, झुटो विवरण पेस गरी पर्साबाट वंशजका आधारमा नागरिकता लिएका अमन चौधरी अग्रवाल र कास्कीबाट सोफिया रुथ भण्डारीको नागरिकता रद्द गर्ने निर्णय गरिएको जानकारी दिइन् ।
उनले भनिन् ‘गृह मन्त्रालयको प्रतावमा अमन चौधरी (अग्रवाल) ले झूटो विवरण पेश गरी जिल्ला प्रशासन पर्साबाट २०७७ कात्तिक २५ गते नागरिकता प्राप्त गरेको वंशजको आधारको नेपाली नागरीकता रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउँने र संलग्नलाई सोही कारबाही गर्ने निर्णय गरेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सोफिया रुथ भण्डारीले लिएको वंशजको नागरिकता पनि मन्त्रिपरिषदले रद्द गरेको छ ।’
यस्तै सरकारले उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण स्वीकृत गरेको छ । प्रवक्ता शर्माले चीनको कुनमिङ सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने ७ औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपतिको चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।
बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवशयक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले भदौ १९ र २० गते स्वीडेनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तलाई स्वीकृति दिने, सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताइन् ।
पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले सुन तस्करी काण्डमा राज्यका निकायहरूले छानविन गरिरहेको र त्यसको प्रक्रिया अघि बढेकाले त्यसमा विश्वास गर्नुपर्ने बताइन् । उनले राज्यले गर्ने अनुसन्धान पूर्ण नभए अर्को निर्णय दिन सकिने भन्दै अहिले अनुसन्धानका लागि राज्यलाई सहयोग गर्नुपर्ने जिकिर गरिन् ।
उनले लगातार सदन अवरोध गर्नु राम्रो नभएकाले निकास खोज्न सरकार छलफलमा जुटेको जानकारी दिइन् । प्रवक्ता शर्माले कपन लगाएत काठमाडौंका बिभिन्न स्थानमा आएको बाढीप्रति सरकार गम्भीर रहेको भन्दै अव बिकासको योजनालाई व्यवस्थीत रुपमा अघि बढाउनुपर्ने धारणा राखिन् ।
त्यस्तै उनले पशुचौपायामा देखिएको लम्पी स्कीन महामारीको नियन्त्रण र राहत प्रदान गर्नका लागि कृषि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार