गृहमन्त्री श्रेष्ठको ठाडो आदेशमा कांग्रेस सांसद एवं मेडिकल व्यवसायी सुनिल शर्मा पक्राउ
उनको पक्राउ प्रति देशभरका कांग्रेस कार्यकर्ताले चर्को बिरोध गर्दै देशव्यापी प्रदर्शनको तयारी गरिरहेका छन्
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १६:१४:५६
२५ साउन काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो आदेशमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद एवं मेडिकल व्यवसायी सुनिल शर्मालाई पक्राउ गरेको छ । सीआईबीले किन पक्राउ गरिएको हो भन्ने नखुलाएपनि उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा काठमाडौंको गोल्फुटारबाट पक्राउ गरिएकाे बताइएकाे छ।
भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए । उनी मेडिकल कलेज सञ्चालक पनि हुन् ।
उनको नक्कली प्रमाणपत्रका बारे अख्तियारमा मुद्दा परेर पनि छिनोफानो भइसकेको र अदालतले पनि सफाइ दिएको बताइएको छ । शर्मालाई नक्कली प्रमाणपत्र केश भने पनि अरु नै कारणले समातिएको स्रोतको भनाइ छ । बहालवाला सांसदलाई गिरफ्तार गर्नु पूर्व सभामुखलाई जानकारी गराउनुपर्ने प्रावधान छ । तर, गृहमन्त्रीको ठाडो आदेशमा सभामुख र उनलाई समेत सूचना नदिई एक्कसी समातिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनको छानविन प्रकरणमा शर्माले प्रश्न उठाउँदै आएका थिए । उनले यस प्रकरणको छानविनका लागि सरकार असफल भएको भन्दै निष्पक्ष छानविनको ग्यारेन्टी नगरे संसदमै आमरण अनसन बस्ने चेतावनी पनि दिएका थिए । शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा पनि माग्दै आएका थिए । सुन प्रकरणमा उनी चर्को बोलेको भन्दै गृहमन्त्रीले असन्तुष्टि पनि जनाउँदै आएका थिए ।
सांसद शर्मा पक्राउको बिरोध गदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सामाजिक सञ्जाल फेसवुक मार्फत आक्रोश पोखेका छन् । उनले लेखेका छन् ।केही दिनदेखि सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआईबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन ? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन् ? नेता शिवाकोटीले भनेका छन् ।
सांसद शर्मा पक्राउको बिरोधमा नेपाली कांग्रेसले गम्भीर आपत्ति प्रकट गरेको छ । त्यस्तै नेपाल तरुण दल र नेबिसंघले पनि आफ्ना बिरोधिलाई तह लगाउने प्रचण्ड सरकारको शैलीको चर्को बिरोध र भर्सना गरेका छन् । उनको पक्राउ प्रति देशभरका कांग्रेस कार्यकर्ताले चर्को बिरोध गर्दै देशव्यापी प्रदर्शनको तयारी गरिरहेका छन् । अझ मोरङ ३ का जनताले भोलि सरकार बिरुद्ध जुलुस र धर्ना गर्ने जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफेरी सुरु भयो सत्ता गठबन्धनमा अविश्वास बढाउने खेल
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
पर्यटकीय सम्भावना बोकेको रिग तालको प्रवर्द्धनमा पालिकाको चासो
जेठ १८, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
तनहुँमा हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति
जेठ १८, २०८१ शुक्रबार
यी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
क्यान अध्यक्ष चन्द भन्छन्, सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
जेठ १८, २०८१ शुक्रबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार