उच्च गतिको एफटिटीएच इन्टरनेट सुरु
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार २१:३०:३५
२५ साउन, काठमाडौं । नेपाल टेलिकमले एक गिगवाइट पर सेकेन्ड 'जिबीपीएस' अथाएत् १००० मेगावाइट पर सेकेन्ड 'एमबिपीएस'सम्म उच्च गति भएको फाइभर टु होम 'एफटिटिएच' इन्टरनेट सेवा प्रारम्भ गरेको छ ।
यसअघि कम्पनीले १०० एमबिपीएससम्म उच्च गति भएको एफटिटीएच सेवा उपलब्ध गराइरहेकामा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो ।
हाल कम्पनीले जिपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति सय एमबिपीएस रहेकामा अब एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । सो सेवा पाँच सय एमबिपीएस र एक जिबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध हुनेछ । यसको डाउनस्ट्रिम क्षमता १० जिबीपीएस र अपस्ट्रिम क्षमता दुई दशमलव पाँच जिबीपीएस हुनेछ ।
प्रिमियम एफटिटीएच पाँच सय एमबिपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना तीन सय ५० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा शून्य दशमलव पाँच टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ ।
प्रिमियम एफटिटीएच एक जिबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना पाँच सय मिनेट कल गर्न सकिनेछ । यो प्याकमा एक टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ ।
दुवै प्याकेजमा एउटा आइपिटीभी, सिपीइ र सेटटप बक्स तथा तीन सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ । पाँच सय एमबिपीएसको ‘प्रिमियम एफटिटीएच पाँच सय एमबिपीएस’ प्याकेज वार्षिक रु ८० हजार र एक जिबीपीएसको ‘प्रिमियम एफटिटीएच एक जिबीपीएस’ प्याकेज वार्षिक रु एक लाख १० हजारमा उपलब्ध हुनेछ ।
यो सेवा वा अन्य एफटिटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीले १९८–१ ९१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी०मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ । हालका लागि काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ । व्यावसायिक संस्थाहरू यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्चाल ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत
कात्तिक २१, २०८१ बुधबार
एआईले के मानिसजस्तै सोच्न सक्छ ?
कात्तिक ११, २०८१ आइतबार
विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम हुँदा भाडादर गुणासम्म महङ्गो
कात्तिक २, २०८१ शुक्रबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एलन मस्कलाई ट्रम्पले दिए महत्त्वपूर्ण जिम्मेवारी
कात्तिक २८, २०८१ बुधबार
एकीकृत समाजवादीले नीति मिल्नेसँग गठबन्धन गर्ने
कात्तिक २८, २०८१ बुधबार
कात्तिक ८ गते काटेका २८ उद्योगमा लाइन जोडियो
कात्तिक २८, २०८१ बुधबार
तीनजुरे रातपोखरी सामुदायिक वनमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै
कात्तिक २८, २०८१ बुधबार
लेक लाग्दा कसरी जोगिने ?
कात्तिक २८, २०८१ बुधबार
मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो
कात्तिक २८, २०८१ बुधबार
ट्रम्पको जितपछि मस्कलाई फलिफाप : एक सातामा ट्रम्पको कुल सम्पतिको १० गुणा कमाए
कात्तिक २८, २०८१ बुधबार