प्रभु बैंकको खराब कर्जाले किस्ट र ग्राण्ड बैंकको याद दिँदै, वित्तीय अवस्था झनै कमजोर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १०:५०:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/prabhu_bark-chairman__Chief_9Zrzdo2mmp_DMh9Euspwy.png)
२६ साउन, काठमाडौं । कुनै समय किस्ट र ग्राण्ड बैंकसँग मर्जर सकाएर खराब कर्जालाई कम गराउँदै लाभांश पनि वितरण गर्न सुरु गरेको प्रभु बैंकको अहिलेको खराब कर्जा हेर्दा उही पुरानो बैंकको रुपमा देखिन थालेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा १ दशमलव ८६ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ दशमलव १६ प्रतिशत पुगेको छ । वितरणयोग्य मुनाफा पनि १६ करोड मात्र छ । २३ अर्ब माथि चुक्ता पुँजी भएको कम्पनीको यति थोरै वितरणयोग्य मुनाफा हुँदा प्रतिशेयर वितरणयोग्य मुनाफा एक प्रतिशत पनि छैन ।
यस बैंकको संचालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला रहेका छन् । उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन । यस अघि कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका सिटौला प्रभु बैंकका डमी अध्यक्ष मात्र हुन । यस्तै बैंकको संचालक समितिका अन्य सदस्यमा रमेशसिंह खड्का, शंकरप्रसाद कालिकोटा, रामेश्वर सापकोटा, अविशेक बज्राचार्य र गीता प्रधान रहेका छन् । सञ्चालकहरु पनि प्राय पूर्व अध्यक्ष देवी प्रसाद भट्टचनका डमी सदस्यहरु नै हुन ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा फाइनान्स हुँदा देखिका सीईओ अशोक शेरचनदेखि वरिष्ठ डेपुटी सीईओमा मनोज न्यौपाने र डेपुटी सीईओमा मणिराम पोखरेल रहेका छन् । सीईओ शेरचनको नेतृत्वमा बैंक दिन प्रतिदिन ओरालो यात्रामा देखिएको छ । उनको तेस्रो कार्यकाल विवाद उच्च अदालत पाटनमा विचाराधीन छ ।
कस्तो आयो आर्थिक वर्ष ०७९-८० को चौथो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात् १२ महिनाको अवधिमा बैंकले २ अर्ब ८२ करोड बराबर खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ९० करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ४८ दशमलव ५४ प्रतिशतको वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ५ अर्ब ७४ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १० अर्ब २५ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा ७८ दशमलव ६२ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ४७ दशमलव ५२ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा कम्पनीले २ अर्ब ८५ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी:
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रूपैयाँ मात्र हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९७ पैसा थियो । समिक्षा अवधिमा प्रतिशेयर आम्दानी १९ दशमलव ८४ प्रतिशतले घटेको छ ।
वितरणयोग्य मुनाफा:
कम्पनीको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रहेको छ । अघिल्लो आर्थिक वर्ष वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड थियो । समिक्षा अवधिमा वितरणयोग्य मुनाफा ८४ दशमलव ३५ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा शून्य रुपैयाँ ६९ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा ८ रुपैयाँ १३ पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ खर्ब ८९ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७८-७९ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ६१ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि ६३ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष ८५ दशमलव ३६ प्रतिशतले बढ्दै १० अर्ब २ करोड पुगेको छ भने संचित मुनाफा ८४ दशमलव ३५ प्रतिशतले घटेर १६ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १४३ रुपैयाँ २५ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा ४ दशमलव १६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा १ दशमलव ८६ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही बढ्दै १० दशमलव १६ प्रतिशत पुगेको छ । यस बैंकबाट कर्जा लिन व्यवसायीहरूलाई ब्याजदर महंगो पर्न आउँछ । यस्तै स्प्रेडदर ४ दशमलव ८६ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ३२ प्रतिशत थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकका सेवाहरुमा आकर्षक छुट
असार २, २०८१ आइतबार
धेरै वाणिज्य बैंकले असारमा घटाए ब्याजदर, धेरै मुनाफा कमाउने नबिलले बढायो, ग्लोबलले घटायो
जेठ ३२, २०८१ शुक्रबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार