मिसेस नेपाल वर्ल्ड प्रतियोगिता हुने
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार ११:१७:०
२६ साउन, काठमाडौं । विवाहित महिलाहरूका बीच आयोजना गरिँदै आएको बिबाहित नारीको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड यस वर्ष पनि हुने भएको छ।
रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वर्ल्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन्। उनका अनुसार यस बर्ष पनि मिसेस नेपाल वर्ल्डको बिजेताले अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्ने छिन्। मिसेस नेपाल वल्र्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने समेत उनले जानकारी गराए।
यी तीनै उपाधिको प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा अडिसन हुने आयोजकले जनाएका छन। प्रतियोगिताका लागि आवेदन खल्ती एपबाट भर्न सकिनेछ भने आयोजक संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट पनि आवेदन प्राप्त गर्न सकिनेछ।
आयोजक संस्थाका अनुसार मिसेस नेपाल वल्र्डको विजेतालाई आगामी २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाइएको छ। त्यसै गरी मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको बिजेतालाई सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिताको लागि अवसर मिलाइएको छ।मिसेस वर्ल्डमा गत डिसेम्बरमा नेपालको तर्फबाट दिक्षा केसीले सहभागिता जनाएकी थिईन। यस वर्ष मिसेस वर्ल्डमा नेपालको तर्फबाट दोश्रो सहभागिता हुनेछ।
अडिसनबाट चयन भई प्रतियोगितामा सहभागी विबाहित सुन्दरीहरुलाई अश्विनी झाले कोरियोग्राफी गर्नेछन् भने विभिन्न विषयका विज्ञहरुबाट नियमित तालिम र प्रशिक्षण दिइनेछ। गंगा महर्जन र सम्राट शाहको संयोजनमा हुने प्रतियोगिताको प्रशिक्षण आगामी भाद्र १८ गतेदेखि नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ।
प्रतियोगिताका अवसरमा अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल तथा गत वर्ष अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस इन्टरनेशनलको उपाधिबाट सम्मानित गरिएको थियो भने यस वर्ष पनि फिल्म क्षेत्रको एक ख्यातिप्राप्त अभिनेत्रीलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरिने आयोजकले जनाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ : पल
बैशाख २७, २०८१ बिहिबार
कालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी
बैशाख २७, २०८१ बिहिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
उपेन्द्र यादवको कार्यशैली ठीक नभएको कारण नयाँ दल बनायौं : अशोक राई
बैशाख २७, २०८१ बिहिबार
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
बैशाख २७, २०८१ बिहिबार