महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १४:४७:४३
२८ साउन, काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले विरगंज, पर्सामा अवस्थित Mangalam Diagnostic Center को प्याथोलोजी टेस्ट सेवामा १०%, सिमरा बारामा अवस्थित Hotel Quick – 20 & River Side Pvt. Ltd. का सेवाहरुमा अधिकतम १०%, हेटौडा मकवानपुरमा अवस्थित Regal Hetauda Resort Pvt. Ltd का सेवाहरुमा अधिकतम १५%, धनगढी कैलालीमा अवस्थित Nisarg Hospital Pvt. Ltd का सेवाहरुमा अधिकतम २०%, हेटौडा मकवानपुरमा अवस्थित Vishuddha Momocha का सेवाहरुमा १०%, र भरतपुर चितवनमा अवस्थित Kabilash Resort and Funpark का सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्ने जनाएका छन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको बताइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न
जेठ १५, २०८१ मंगलबार
मुक्तिनाथ विकास बैंकद्वारा ईलाम र महोत्तरीमा कागती रोपेर वृक्षारोपण
जेठ ११, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
पर्यटकीय सम्भावना बोकेको रिग तालको प्रवर्द्धनमा पालिकाको चासो
जेठ १८, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
तनहुँमा हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति
जेठ १८, २०८१ शुक्रबार
यी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
क्यान अध्यक्ष चन्द भन्छन्, सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
जेठ १८, २०८१ शुक्रबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार