विश्वकप क्रिकेट : नेपालले आज घरेलु टोली मलेसियासंग प्रतिस्पर्धा गर्दै
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार १३:८:१
काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले आज ‘सोमबार’ घरेलु टोली मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।
सुरुवाती दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालले तेस्रो खेलमा तुलनात्मक कमजोर टोली मलेसियासंग खेल्न लागेको हो ।
क्वालाम्पुरस्थित बायुमास ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७:४५ मा सुरु हुनेछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल घरेलु टोलीविरुद्ध सहज जितको खोजीमा हुनेछ ।
पछिल्ला ५ खेलको नतिजालाई आधार मान्ने हो भने नेपाल घरेलु टोलीविरुद्ध हावी हुने देखिन्छ । पछिल्ला पाँच खेलमा मलेसियाले नेपाललाई हराउन सकेको छैन । नेपाल शतप्रतिशत जितमा रहेको छ । नेपाल उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।
मलेसियाविरुद्ध जित निकाल्दै नेपाल विश्वकपमा छनोट हुने सम्भावना कायम राख्ने योजनमा हुनेछ । २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । दुवै खेल गुमाएको मलेसिया पाँचौ स्थानमा रहेको छ ।
छनोटमा २ खेल जितेको कुवेत ४ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक नै जोडेको युएई दोस्रो स्थानमा छ । यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युनाईटेड अरब इमिरेट्स ‘युएई’ संग डकवर्थ लेविस ‘डिएल’ पद्दतिको आधारमा १ रनले पराजित भएको थियो ।
सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित
जेठ ७, २०८१ सोमबार