कोइराला परिवार व्यक्ति नभइ सिङ्गो लोकतन्त्रको महाविश्वविद्यालय
यज्ञप्रसाद भट्टराई
भदौ ३, २०८० आइतबार १२:१३:२०
३ भदाै, काठमाडाैं । नेपाल किसान महासंघ मोरङ जिल्ला कार्यसमितिले बिराटनगर स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा एक कार्यक्रम गरि नेपाल किसान महासंघ मोरङ्ग जिल्ला तदर्थ समितिलाई पूर्णता दिएको छ । महासंघका मोरंग जिल्ला अध्यक्ष बसन्त हुमागाईको अध्यक्षतामा सम्पन्न नेपाल किसान महासंघ मोरङ जिल्लाको तदर्थ कार्यसमितिमा मनोनयन तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल किसान महासंघको मोरङ जिल्ला तदर्थ कार्यसमितिमा मनोनीत उपाध्यक्ष द्वय रंगलाला तामांग र नारायण श्रेष्ठ, सचिव द्वय हजारीप्रसाद चौधरी र तिर्थबहादुर कार्की, कोषाध्यक्ष अरविनि मण्डल, सहसचिव कबिराज कुँवर, सदस्यहरू चन्द्र भण्डारी, रविन्द्र यादव, छप्पनलाल मण्डल, अनिलकुमार यादव, सरिता आचार्य, बिनिता सरदार, नवराज खतिवढा लगायतलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराईले मनोनीत गरिएको प्रमाणपत्र हस्तान्तरण गरेको थियो । उक्त अवसरमा सबैलाई नेपाल किसान महासंघको संसोधित विधान समेत वितरण गरिएको थियो ।
पदस्थापन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका कोशी प्रदेश समिति सदस्य तथा नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशव भट्टराईले मोरंग जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसलाई जिताउन सकेमात्र पिताजी कृष्णप्रसाद कोईराला , महामानव बिश्वेश्वरप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमसेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, नोना कोइराला लगायतका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुने बिचार व्यक्त गरेका छन् ।
किसान नेता भट्टराईले बर्तमान परिस्थितिमा मुलुकको माटोले र जनचाहनाले समेत कोईराला परिवारको नेतृत्व हुनुपर्छ भनेर बोलिरहेको र आम नेपाली जनताको समेत एउटै आवाज बनिरहेको परिस्थितिमा लोकतन्त्रको स्थायित्वको लागि कोइराला परिवार पुन: एकपटक पार्टी र सरकारको नेतृत्वमा आउन ढिलो भैसकेको बिचार राख्दै यसका लागि नवगठित नेपाल किसान महासंघ मोरंग जिल्ला तदर्थ समितिले अन्त्यन्तै इमानदार भएर मोरंगका किसानका समस्यामा साथ दिएर कांग्रेसको संगठन विस्तारमा सहयोगी बन्ने विश्वास व्यक्त गरेका छन् । किसानका समस्या समाधान गर्नसके कांग्रेस बलियो हुने भट्टराईको तर्क थियो ।
नेता भट्टराईले नेपाली जनताको चाहना पूरा गर्न कोइराला परिवार एक हुनुको विकल्प नभएको बताउँदै कोइराला परिवार कुनै एउटा व्यक्ति नभइ सिङ्गो लोकतन्त्रको महा विश्वविद्यालय रहेको बताएका छन् । जसले किसानको भलो गर्छ त्यही समाजवादी हो भन्ने महामानव बि. पि. को महान बाणीलाई आत्मसात् गर्दै किसानका पक्षमा काम गर्न मोरंग किसानका नेताहरूलाई सुझाव समेत दिएका थिए ।
सम्पूर्ण जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गर्दै समापन भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस कोशी प्रदेश सदस्य सन्जय भट्टराईले प्रकृतिले अत्यन्तै धेरै साथ दिएको मुलुकमा नेतृत्वले साथ दिन नसकेको बताउँदै अशल नेतृत्व देशको शासन सञ्चालनमा आए देश बन्न समय नलाग्ने बताउदै हामीले मोरंग जिल्लाबाटै ईमानको राजनीति शुरुवात गर्नुपर्ने धारणा राखेका थिए ।
विशिष्ट अतिथिको रुपमा आफ्ना धारणाहरु राख्दै नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिका अध्यक्ष राजेन्द्र भट्टराईले अबको किसान आन्दोलन शहर केन्द्रित नभई गाउँगाउँमा हुने बताएका थिए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस बिराटनगर उपमहानगरपालिकाका सचिव तेजिन्द्र भट्टराई, नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव यज्ञप्रसाद भट्टराई , प्रदेश सदस्य जय बहादुर तामाङ, नेपाल शिक्षक संघ मोरङका पूर्व अध्यक्ष श्री शिवराज कोइराला, लगायत ने का पार्टी तथा संघ संगठनकाे पदाधिकारीहरू, किसान दाजुभाइ दिदी बहिनीहरूको उपस्थिति रहेको थियो ।
आजको भेलाले नेपाल किसान महासंघ मोरंग जिल्ला सल्लाहकार समितिमा सञ्जय भट्टराई, शिवराज कोइराला र हरि खनाललाई मनोनीत गरिएको अध्यक्ष हुमागाँईले बताएका छन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार