विमान दुर्घटनाको छानबिन गर्न समिति गठन
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार १६:३१:११
काठमाडौं । सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतबार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।
सो समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य रहेका छन् भने समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा रहेको लुक्ला विमानस्थलमा आइतबार बिहान ९ः२२ बजेको समयमा भएको सो दुर्घटनामा दुई प्रहरीसहित तीनको मृत्यु भएको थियो भने चार जना घाइते भएका छन् ।
लुक्लाबाट रामेछाप उड्ने क्रममा रहेको ‘नाइन एन एएमएच’ कलसाइन विमान धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको श्री एयर र मनाङ एयरको ‘नाइनएन एएलसी’ कल साइन हेलिकप्टरसँग ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो । उक्त घटनामा समिट एयरका पाइलट रवीनाथ रोकाय र मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर सामान्य उपचारपश्चात् घर फर्किसकेको मन्त्रालयद्वारा आइतबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ । सोही दुर्घटनामा मनाङ एयरका कर्मचारीको उपचार भइरहेको जनाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित भएर रहने भो २०८१ सालको जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन ?
जेठ ७, २०८१ सोमबार
राफाहबाट आठ लाख मानिसहरू विस्थापित
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताद्वारा शोक व्यक्त
जेठ ७, २०८१ सोमबार