संसदीय सुनुवाइबाट विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि अनुमोदित
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १४:२२:१४
४ भदौ, काठमाडौं । संसदीय सुनुवाइ समितिले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश पदका लागि अनुमोदित गरेको छ । सोमबार समितिमा गरिएको सुनुवाइपछि श्रेष्ठ अनुमोदित भएका हुन् । अब समितिले श्रेष्ठ अनुमोदित भएको ब्यहोराको पत्र संवैधानिक परिषदमा लेखेर पठाउनेछ ।
गत साउन १८ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो । अनुमोदन भएसँगै श्रेष्ठ करिब १४ महिना प्रधानन्यायाधीशका रुपमा रहनेछन् । २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण २०८१ असोज १९ पछि अनिवार्य अवकाशमा जानेछन् ।
सुनुवाइका क्रममा उनले अदालतमा बिचौलियाको प्रभाव रहेकाले त्यसलाई नियन्त्रण गर्नका लागि आफू कठोर भएर लाग्ने बताएका थिए । उनले सुनुवाइका क्रममा सोमबार सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा बिचौलिया र विकृति नियन्त्रणमा कठोर कदम चाल्ने बताएका हुन् ।
अदालतमा हुने विकृति र विसंगति तथा बिचौलियाप्रति आफ्नो शून्य सहनशीलता रहने प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको प्रतिबद्धता छ । ’बिचौलिया, विकृति र विसंगतिमा शून्य सहनशीलता अपनाउनेछु । अदालतमा अनावश्यक भीडभाड नियन्त्रण गर्ने कार्य योजना रहेको छ,’ उनले भने, ’त्यस्ता विकृति, विसंगति नियन्त्रणमा लाग्नेछु । अरु पनि विकृति नियन्त्रणमा कठोरताका साथ लाग्नेछु ।’
अदालतमा विकृति र विसंगति भएको कुरा सर्वोच्चका यसअघिका प्रतिवेदनले पनि औंल्याएको श्रेष्ठको भनाइ थियो । ’अदालतमा बिचौलिया, विकृति, विसंगति छ भन्ने कुरा पुराना प्रतिवेदनहरूले पनि औँल्याएका छन्,’ उनले भने । कायममुकायम प्रधानन्यायाधीश भएर सर्वोच्चको नेतृत्व सम्हालेदेखि नै अदालतमा हुने अनावश्यक भीडभाड नियन्त्रणका कदम चाल्न थालेको श्रेष्ठले बताए । उनले साउन २० देखि कायममुकायम प्रधानन्यायाधीशको कार्य गर्दै आएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका अदालतका न्यायिक र कर्मचारी नेतृत्वलाई बोलाएर टाइमकार्ड लागू गर्न निर्देशन दिएको र त्यो कार्यान्वयनमा आएको पनि श्रेष्ठले बताए । अदालतमा टाइमकार्ड लागू भइसकेको जानकारी दिँदै उनले आगामी दिनमा पनि बिचौलिया नियन्त्रण गर्ने ससना सुधारका कार्य पनि अगाडि बढाउने उनको प्रतिबद्धता थियो । हाल जिल्ला अदालतमा २० देखि २५ प्रतिशतसम्म भीड कम भएको पनि उनले बताए ।
उनी संसदीय सुनुवाइका क्रममा भावुक भएका थिए । समितिमा आफ्नो कार्य योजना प्रस्तुत गरेका उनले सांसदहरुले उठाएका प्रश्नहरूको पनि जवाफ दिएका थिए । सांसदहरुको प्रश्नको जवाफ दिएर भनाइ टुंग्याउने क्रममा उनी न्यायपालिका सुधारका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए । जनआस्था अदालतको धरोहर हो भन्दै उनले त्यो विना अदालत टिक्नै नसक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको फन्टुस निर्णयविरुद्ध सर्वोच्चमा रिट, आइतबार प्रारम्भिक सुनुवाइ हुने
जेठ १८, २०८१ शुक्रबार
छिपछिपे सहकारीको रकम हिनामिना गर्ने ३५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिँदै
जेठ १८, २०८१ शुक्रबार
पेशी दोहोरिने प्रकरणः अदालतको सिस्टमबाटै हुन्छ कि नियतबस गरिन्छ ?
जेठ १७, २०८१ बिहिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार