बारा बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १०:५८:३५
७ भदौ, बारा । बारामा बिहीबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा ज्यान गुमाउने सबै सात जनाकै सनाखत भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, सोही ठाउँका ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुर्वेदी, ६५ वर्षीय श्रीकान्त चतुर्वेदी र ६७ वर्षीया वैजन्ती देवीको मृत्यु भएको हो ।
चालकसहित २६ यात्री सवार उक्त बस दुर्घटना हुँदा घाइते भएका १७ जनाको हेटौँडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेजमा घाइतेको उपचार भइरहेको छ ।
जनकपुर–७ का जिलामी खानसहित उनका सहयोगी सहचालक अन्य २ जना गरी ३ जनालाई प्रहरीले जनकपुरबाट घाइते भएको अवस्थामा नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान २ बजे बस दुर्घटना भएको हो । घाइतेहरूको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । तीव्र गतिमा रहेको बसका चालक निदाएकोले दुर्घटना हुन सक्ने अनुमान गरिएको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । घटनास्थलबाट चालकको मोबाइल बरामद भएपछि अरू विवरण भेटिएको प्रहरीले जनाएको छ । बसमा चालक दलका ३ जनासहित २७ यात्रु बसमा थिए । उक्त बस चुरियामाई मन्दिरबाट सय मिटर दक्षिण तर्फको खोलामा खसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
झापामा चट्याङ लागेर दुई जनाको मृत्यु
असार ११, २०८१ मंगलबार
बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु
असार १०, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
अन्तःशुल्क स्टीकरण छपाई प्रकरणमा अख्तियारको अुसन्धान, कति सम्बन्धित छन विवरण ?
असार १२, २०८१ बुधबार
केजरीवालको संकट बढ्दै, सीबीआईले हिरासतमा लियो
असार १२, २०८१ बुधबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेटवार्ता
असार १२, २०८१ बुधबार
जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध
असार १२, २०८१ बुधबार
क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान
असार १२, २०८१ बुधबार