संयुक्त विद्यार्थी र त्रिविबीचको सहमति धोका हो : अनेरास्ववियु
नेपालबहस संवाददाता
भदौ १४, २०८० बिहिबार १५:१०:१९
१४ भदौ? काठमाडौं । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययनमा बढाइएको शुल्क विषयमा संयुक्त विद्यार्थी संगठनले बुधबार गरेको सम्झौतालाई धोकाको संज्ञा दिएको छ । सम्झौताप्रति असहमति जनाउँदै अनेरास्ववियुले बिहीबार बालुवाटारमा सम्झौता पत्रको प्रतिलिपि जलाएर विरोध जनाएको छ ।
बुधबार त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययनमा बढाइएको शुल्कको विरोधमा आन्दोलनका उत्रिएका संयुक्त विद्यार्थी संगठनहरुले त्रिविका अधिकारीहरुसँग बुधबार पाँच बुँदे सम्झौता गरेको थियो ।
सम्झौतामा विद्यार्थी प्रतिनिधिसहितको समितिले ७ दिनभित्र दिने रायका आधारमा बढाइने उल्लेख छ । शुल्क बढाउने सिद्धान्त स्वीकार गरेकाे छ । अनेरास्ववियूले भने शृल्क वृद्धि गर्नै नहुने बताएको छ । इन्जिनियरिङ शिक्षामा गरिएको वृद्धि शुल्कबारे हिजो गरिएको सम्झौता आफूहरुलाई अस्वीकार्य रहेको अनेरास्ववियुका महासचिव नरेश रोकायाले बताए ।
यहीँ भदौ १० गतेबाट इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालय पुल्चोक ललितपुरमा समाजवादीनिकट विद्यार्थी संगठनहरु नेकपानिकट अखिल (क्रान्तिकारी), माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), एकीकृत समाजवादी अनेरास्ववियू, जसपानिकट समाजवादी विद्यार्थी युनियन नेपाललको संयुक्त संघर्ष समितिले उक्त सम्झाैता गरेका थिए ।
इन्जिनियरिङ शिक्षा अध्ययनमा स्नातक तहका लागि तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्याइएपछि विद्यार्थीहरु आन्दोलित भएका थिए । एमालेनिकट अनेरास्ववियूले भने शुल्क फिर्ता नभएसम्म आन्दोलन नरोकिने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?
जेठ ७, २०८१ सोमबार
राफाहबाट आठ लाख मानिसहरू विस्थापित
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताद्वारा शोक व्यक्त
जेठ ७, २०८१ सोमबार
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
जेठ ७, २०८१ सोमबार
ऐतिहासिक पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत
जेठ ७, २०८१ सोमबार
निर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार