कर्णाली सरकार किसानको सुन्तला बगैँचामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १७, २०८० आइतबार १३:४०:५०
१७ भदौ, कर्णाली । सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ ।
राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमुना परीक्षण गर्दा पिङ्क डिजिज 'गुलाबी रोग' पत्ता लागेको थियो । रोग देखिए लगत्तै किसानको समस्या समाधान गर्न सो किसानसँग सरकार कार्यक्रम अन्तर्गत एकीकृत प्रयोगशाला सुर्खेतका विज्ञसहितको प्राविधिक टोली सल्यान, बागचौर नगरपालिका–९ स्थित सुन्तला किसानको बगैँचामा पुगेको थियो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश नेतृत्व, एकीकृत कृषि प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतको सहकार्य तथा कृषि विकास कार्यालय सल्यानको व्यवस्थापनमा शुक्रबार किसानसँग अन्तक्रिर्या गर्दै मन्त्री शर्माले जिल्लाको पहिचानको रूपमा रहेको सुन्तला जातमा देखिएको समस्या समाधान गर्न सुन्तला बगैँचा सुदृढीकरण अभियान तथा बगैँचा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको बताए ।
सुन्तलाको पकेट क्षेत्र कोटमौलामा देखिएको रोगको उपचारका लागि प्राविधिक लिएर सम्बन्धित स्थलमा पुगिएको उहाँले बताउनुभयो । मन्त्री शर्माका अनुसार किसानलाई तालिम दिएर रोग नियन्त्रणका लागि विषादी वितरण तथा प्रयोगको विषयमा बगैँचामै पुगेर कार्यक्रम अगाडि बढाइएको हो । टोलीले रोग नियन्त्रणमा लिन तीन सय ५० किसानलाई ‘कपर अक्सिक्लोराइडयुक्त’ विषादी वितरण गरेको थियो ।
बढी ओसिलो र न्यानो वातावरण भएको असार–भदौसम्म सुन्तलाका हाँगामा यो रोगको ढुसीले आक्रमण गर्ने कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए । “सुरुमा यो रोगले छोएको ठाउँमा पानीले भिजेको जस्तो देखिने तर पछि विस्तारै रोगले ग्रसित हुँदै जान्छ”, उनले भने, “वर्षा सकिएपछि बिस्तारै हाँगाको बोक्राको तन्तु मर्दै जान्छ र पछि सुक्न थाल्ने लक्षण देखिन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षा नहुँदा जुम्ली किसानलाई रोपाइँमा समस्या
असार ६, २०८१ बिहिबार
कति छ कर्णालीको पुँजीगत खर्च ?
असार २, २०८१ आइतबार
कर्णालीमा घट्यो बजेट, भौतिक पूर्वाधारमा साढे १० अर्ब
असार २, २०८१ आइतबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
'कार्वाइड' प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
असार ८, २०८१ शनिबार
टी- २० विश्वकप : बंगलादेश ५० रनले पराजित, भारत सेमिफाइनल नजिक
असार ९, २०८१ आइतबार
पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध, सयौं यात्री अलपत्र
असार ९, २०८१ आइतबार
जाजरकोटमा बाढीले बगाएर शिक्षकको मृत्यु, ६ जना घाइते
असार ९, २०८१ आइतबार
पोर्चुगल युरोकपको नकआउट चरणमा
असार ९, २०८१ आइतबार
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असार ९, २०८१ आइतबार