एसियन पेन्ट्स मिस युनिभर्स नेपालका अन्तिम प्रतिस्पर्धाहरूबीच प्रश्नोत्तर
नेपालबहस संवाददाता
भदौ २०, २०८० बुधबार १६:०:३१
२० भदौ, काठमाडौं। एसियन पेन्ट मिस युनिभर्स नेपालका २०२३का अन्तिम २२ जना प्रतिस्पर्धाहरूबीच प्रश्नोत्तर कार्यक्रम समापन भएको छ । काठमाडौंमा आयोजित एक समारोहका बिच आज अन्तिम २२ जना प्रतिस्पर्धाहरूबीच जजहरूले प्रश्नोत्तर गरेका छन् ।
प्रारम्भिक प्रश्नोत्तर सेसनमा जजका रूपमा आरोही रविराज उपल मजुमदार, सन इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा नेपाल इक्वेस्ट्रियन एसोसिएसनका अध्यक्ष रविराज कर्णिकर, नेपाल टेलिकम प्रमुख वाणिज्य अधिकृत संगिता पहाडी, मेराकी नेपालका संस्थापक निर्देशक, आयुषा कार्की श्रेष्ठ, नेपाल पर्यटन बोर्ड वरिष्ठ निर्देशक नन्दिनी थापा, नारी पत्रिका प्रमुख सम्पादक उपासना घिमिरे, कान्तिपुर टेलिभिजनकी समाचार बाचिका श्री पाण्डे र अभिनेता तथा मिस युनिभर्स नेपाल २०२३ का अफिसियल कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका थिए ।
उनीहरूले प्रतिस्पर्धीहरुलाई मिस युनिभर्सको प्याटफमलाई कसरी लिएको र समाज परिवर्तन सँगसँगै सामाजिक, राजनिती, आर्थिक विषयमा प्रश्नोत्तर गरेका थिए । उक्त प्रश्नोत्तर सेसनमाबाट प्राप्त प्राप्ताङ्क र भोटिङ मार्फत प्रतिस्पर्धाहरूले पाएको स्कोरका आधारमा फिनालेमा उत्कृष्ट १० जना प्रतिस्पर्धाहरू सार्वजनिक गरिने र २२ जना प्रतिस्पर्धीहरू बाट एक जना विजेता घोषणा गरिने उमंग क्रियसनका डाइरेक्टर उद्धव अधिकारीले बताए ।
उनले, विगत तिन वर्षदेखि प्रशान्त ताम्राकारकै कन्सेप्ट सँगसँगै कोरियोग्राफिमा मिस युनिभरसको आयोजना हुँदै आएको र चौथो वर्ष पनि ताम्राकारकै कोरियोग्राफिमा प्रतिस्पर्धाहरू सार्वजनिक गरिएको बताए ।
उनले, प्रशान्त ताम्राकारको कोरियोग्राफि तथा कन्सेप्ले नै मिस युनिभर्स नेपाललाई आज नेपालको सबैभन्दा प्रतिष्ठित व्युटि शो का रूपमा स्थापित गरेको अधिकारीले बताए । उनले यो सेसन मिस युनिभर्सको फर्म्याट अनुसार नै अगाडि बढाइएको समेत जानकारी दिए।
एसियन पेन्ट मिस युनिभर्सको अन्तिम २२ जना प्रतिस्पर्धीका रूपमा प्राप्ति खड्का, सबिना चौधरी, चनेल श्रेष्ठ, प्रेमा लामगडे, डा। पुजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा। अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बाँनिया, बुद्धसार सुनार, पुजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ रहेका थिए ।
'एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३' को फाइनल भदौँ २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुदैँछ । २२ जना अन्तिम प्रतिस्पर्धीहरू मध्येबाट विजेताले नोवेम्बरमा एलसाल्वा डोरमा हुने मिस युनिभर्समा नेपाललाई नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
तीस लाखको लागतमा बीपी मैदानमा प्यारापिट निर्माण
बैशाख २७, २०८१ बिहिबार
बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री
बैशाख २७, २०८१ बिहिबार
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
बैशाख २७, २०८१ बिहिबार
गुरुङको अन्त्येष्टि परेकाले कांग्रेस संसदीय दलको बैठक सारियो
बैशाख २७, २०८१ बिहिबार
पर्वतका ९१ साना उद्योग बन्द
बैशाख २७, २०८१ बिहिबार
नेपाली बजारमा सुनचाँदीको मूल्य कति पुग्यो ?
बैशाख २७, २०८१ बिहिबार