अब मालपोत र नापी कार्यालयका सेवा डिजिटल प्रविधिमा
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार २१:१५:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/padma-aryal_dQD8vVrWtQ.jpg)
बेझाड । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जनतासँग जोडिएका सेवालाई प्रविधिमैत्री बनाइने बताइएकी छिन् ।
पाल्पाको रामपुरमा आज नवनिर्मित मालपोत तथा नापी कार्यालय भवनको उद्घाटन कार्यक्रममा उनले मालपोत र नापी कार्यालयका सेवा डिजिटल प्रविधिमा लैजानुपर्ने बताए ।
उनले अबको एक वर्षभित्रमा १३१ मालपोत र १३१ नापी कार्यालयमा सफ्टवेयर सेवा खडा गरेर हस्तान्तरण गर्ने बताइन् । सफ्टवेयर विकास गर्नमा ढिलाइ भएको बताउँदै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयमा अपेक्षाकृत सुशासन कायम गर्न नसकिएको बताइन् ।
“मालपोत र नापी कार्यालयमा सेवा लिन गएका सेवाग्राहीले निकै सास्ती भोग्नु परेको समस्या अवगत छ, अब देशैभर डिजिटल प्रविधिबाट सेवा प्रवाह गरी आधा घण्टादेखि ४५ मिनेटमा सेवा लिएर फर्कने खालको नमूनाकार्य गर्न लागेको छाँै” मन्त्री अर्यालले भनिन् ।
पहिलो वर्ष आधार र कानून निर्माण गर्दैमा बितेको बताउँदै अब सरकार मुलुकको समृद्धिमा लागेको मन्त्री अर्यालले बताइन् । उनले मुलुकलाई अन्य देशसँग प्रतिस्पर्धा गरी अबको २० वर्षभित्रमा अन्य देशका युवालाई नेपालमा रोजगारका निम्ति आउने बाटो सिर्जना गर्ने प्रतिबद्धता जाहेर गरिन् ।
रवीना कन्ट्रक्सन प्रालिले २०७३ असार १२ गते सम्झौता गरी ३६ कोठा र १४ शौचालयसहितको भवन रु चार करोड ७९ लाख ५७ हजार ५१९ को लागतमा काम गरेको हो ।
कार्यक्रममा भूमि व्यवस्था तथा महालेखा निर्देशनालयका महालेखा निरीक्षक गोकर्णमणि दुवाडीले पाल्पा रामपुरको यस कार्यालय ५५औँ अनलाइन सेवाका रुपमा शुभारम्भ गरिएको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअधिवेशन गर्न नसकेर थला परेका कांग्रेसका १० भ्रातृ संस्थाको चैत्रसम्म थपियो म्याद
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
असार १९, २०८१ बुधबार
अधिवेशन गर्न नसकेर थला परेका कांग्रेसका १० भ्रातृ संस्थाको चैत्रसम्म थपियो म्याद
असार १९, २०८१ बुधबार
मनाङको बाटो सधैँ जोखिमपूर्ण
असार १९, २०८१ बुधबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार