साहित्य र राजनीति अलग हुनै सक्दैन : लेखक अभि सुवेदी
नेपालबहस संवाददाता
भदौ २४, २०८० आइतबार १३:१:२१
२४ भदौ, काठमाडौं । लेखक एवं प्राध्यापक अभि सुवेदीले साहित्य र राजनीति एकअर्काबाट अलग हुन नसक्ने बताएका छ । जननायक वीपी कोइरालाको ११०औं जयन्तीमा कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित ‘वीपी साहित्य महोत्सव’को पहिलो दिनको कार्यक्रममा बीपीका लेख–रचना तथा विचारमाथि चर्चा गर्दै लेखक सुवेदीले यस्तो धारणा राखेका हुन् ।
वीपी राजनीतिज्ञ तथा नेता रहेर पनि प्रखर साहित्यकार रहेको बताउँदै उनका साहित्यिक लेखनमा प्रजातान्त्रिक समाजको शक्ति र नागरिको स्वतन्त्रता निहीत रहेको बताए । जेलमा रहँदा बीपीले निरन्तर अध्ययन र विभिन्न लेखकहरुको पुस्तक पढ्ने बानीले उनलाई प्रजातन्त्र पर्यायको रुपमा स्थापित गरिएको बताए ।
वीपीलाई तत्कालीन राजाले ‘कू’ गरेर गिरफ्तार गरी जेलमा राख्दा र त्यसक्रममा अदालतमा दिएको बयानमा ठूलो पैमनामा जनताको अधिकार कहिल्यै नभएको र नहुने बताएर जनताको अधिकार कसैगरी हनन हुन सक्दैन भन्ने स्पष्ट सन्देश दिएको बताए । जेलमा बस्दा जनताको जीवन र प्रजातन्त्रके जीवन्तबारे गहिरो अध्ययन र चिन्तनका बीपीले लेखेका राजनीतिक र साहित्यिक लेखहरु आजका दिनमा झनै महत्वपूर्ण रहेको बताए ।
उनले पछिल्लो समयमा आधुनिकीकरणसँगै राजनीतिक र अध्ययन तरिका केही शिफ्ट भएको बताए । वीपीको लेख, रचना, साहित्य र व्यक्तित्वमाथि निरन्तर छलफल र बहस आवश्यक रहेको बताए । बीपीको राजनीतिकसँगै साहित्यिक धारा नयाँ पुस्तासम्म पुर्याउन जरुरी रहेको बताए ।
उनले बीपी आफ्नो साहित्यिक लेखनको प्रेरक रहेको बताए । उनले कांग्रेसका महानमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आफ्ना विद्यार्थी नभएपनि बीपीका विचारलाई आत्मसात गर्ने व्यक्तित्वको रुपमा लिएको बताए ।
लेखक तथा प्राध्यापक सुवेदीलाई महानमन्त्री थापाले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न समूदायका सांस्कृतिक प्रस्तुति दिइएको छ । महोत्सवले सानेपा पार्टी कार्यालयमा रौनक छाएको छ ।
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिक चिन्तन नै नेपाली कांग्रेसको अहिलेको मार्गदर्शन रहेको बताएका छन् । उनले मुलुकमा २०)७ सालमा प्रजातन्त्र स्थापनापछि पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं जननायक विश्वश्वेरप्रसाद कोइराला (बीपी कोइराला)को ११०औं जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा वीपी महोत्सव उद्घाटन गर्दै बीपीले देखाएको बाटो सिंगो कांगेस हिँडिरहेको बताए ।
मुलुकमा विस्तार भइरहेको समाजवादी अवधारणा बीपीकै चिन्तनमा आधारित रहेको भन्दै कांग्रेस मुलुकलाई समृद्ध बनाउने लक्ष्यमा अगाडि बढिरहेको बताए । संविधानमा समाजवाद उन्मुख लेखिएपनि त्यसको व्यवहारमा जनताले अनुभूति गर्न भने अझै नसकेको र यसलाई मूर्त र व्यवहारमा अपनाउन बीपीको विचारबारे व्यापक छलफल तथा बहस जरुरी रहेको बताए । छलफल र वैचारिक बहस गराउन नसक्नु कांग्रेसको कमजोरी भएको बताए ।
बीपी साहित्यिक मात्र भए दल नखोलिने र राजनीतिक मत्र भए बीपी जस जस्ता सशक्त साहित्यक धराेहर हामीले पाउन नसकिने उनको भनाइ थियो ।
उनले आर्थिक समानताका सम्बन्धमा मार्क्सवादी विचारलाई बीपीले आवश्यक ठान्ने गरेको र उनले साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ भनेर समतामूलक समाजको अवधारणा प्रष्ट बोकेको बताए । उनले बीपी आफ्नो राजनीतिक प्रेरक भएको धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
अठार वर्षपछि सडक कालोपत्र, स्थानीयवासीलाई सहज
बैशाख २७, २०८१ बिहिबार
तनहुँमा चलचित्र निर्माण कार्यशाला
बैशाख २७, २०८१ बिहिबार
धनुषामा करेन्ट लागेर युवकको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
स्थानीय जातको कालो सुँगुर जोगाउनै मुश्किल
बैशाख २७, २०८१ बिहिबार
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, आजै शपथ लिने
बैशाख २७, २०८१ बिहिबार
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
बैशाख २७, २०८१ बिहिबार