प्रधानमन्त्री प्रचण्डलाई राजदूतहरूको ब्रिफिङ, ‘वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको अवस्था ठिक छैन’
नेपालबहस संवाददाता
भदौ २५, २०८० सोमबार ११:५७:४२
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख गन्तव्य देशमा रहेका नेपाली राजदूतहरूबाट वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको अवस्थाबारे ब्रिफिङ लिएका छन् । यो आज सोमबार र भोली मंगलबार दुई दिनसम्म चल्ने छलफलमा बैदेशिक रोजगारीको अवस्थादेखि सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीको सवालका लागि सरकारले लिनुपर्ने नीतिमाथि राजदूतहरुले सुझाव दिनेछन् ।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा भइरहेको बैठ्कमा राजदूतहरूले देशगत विवरणसहितको सुझाव दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहालले राजदूतहरूको रिपोर्ट सुनाइरहेका छन् ।
नेपाली राजदूतहरू भरतप्रसाद रेग्मी अस्ट्रिया, डोरनाथ आर्याल ओमान, रामकाजी खड्का, जर्मनी, डिल्लीप्रसाद पौडेल मलेसिया, नरेशविक्रम ढकाल कतार, तीर्थराज अर्याल बहराइन, नवराज सुवेदी, साउदी अरव, तापस अधिकारी पाकिस्तान, दुर्गाबहादुर सुवेदी जापान, ज्योति प्याकुरेल भण्डारी, तेजबहादुर क्षेत्री यूएई, घनश्याम लम्साल कुवेत र जेद्दास्थित कार्यबाहक महावाणिज्यदूत सत्रुधनप्रसाद पोखरेलले रिपोर्टसहित सुझाव प्रस्तुत गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
राजदूतहरुले मागपत्र प्रमाणीकरण गर्न देखिएको समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करी, कागजातविहीन नेपाली श्रमिकका समस्या, फ्रि भिसा फ्रि टिकटको अवस्था र समस्या, ई–भिसा, सिजनेबल भिसा, नेपाली कूटनीतिक नियोगको प्रभावकारिताको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
राजदूतहरूले सम्बोधन गर्नुअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले समग्र श्रम व्यवस्थापनमाथि प्रस्तुत गरेका थिए । उनले द्विपक्षीय श्रम सम्झौता र समझदारीको कार्यान्वयको अवस्था, वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिकादेखि व्यक्तिगत श्रम स्वीकृतिबारे जानकारी दिएका थिए ।
सचिव भण्डारीले राहत, उद्धार र कल्याणकारी कार्यहरूको सञ्चालन, कानुन प्रतिरक्षाको अवस्था, श्रम सम्बन्ध, आश्रयस्थल, स्थानीय कर्मचारी व्यवस्था, श्रम सहचारीहरूको प्रभावकारिताको विषयमा जानकारी दिएका थिए । उनले परराष्ट्रमा रोकिएको दक्षिण कोरियाको ई–७ भिसा विशेष, जापानको निर्दिष्ट सीपयुक्त कामदारसम्बन्धी अवस्था, अभिलेख नभएका श्रम आप्रवासीहरूको अभिलेखन गर्ने सम्बन्धमा, घरेलु कामदारसम्बन्धी सवालमाथि पनि मन्त्रालयको धारणा राखेका थिए ।
बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका सचिवहरू रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
इमेलबाट पठाइएका निवेदनको दर्ता नं दिन सूचना आयोगको निर्देशन
जेठ १६, २०८१ बुधबार
बढेन कर्मचारीको तलब
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
हान्सी फ्लिक बने बार्सिलोनाको प्रशिक्षक
जेठ १७, २०८१ बिहिबार
भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री
जेठ १७, २०८१ बिहिबार
राष्ट्रिय परिचयपत्र बनाउन लामबद्ध सेवाग्राही
जेठ १७, २०८१ बिहिबार
विद्यार्थीलाई झोला उपहार
जेठ १७, २०८१ बिहिबार
सुर्खेत जीप दुर्घटनाः मृतकको सङ्ख्या ४ पुग्यो
जेठ १७, २०८१ बिहिबार
जनकनन्दिनी बन्यो पूर्णखोप पालिका
जेठ १७, २०८१ बिहिबार