शान्ति सुरक्षा र भ्रष्टाचार अन्त्य गर्ने बिषयमा ओली सरकार असफल !
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार २३:५५:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/nepali-congress_pThiGnsYll.jpg)
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले वर्तमान सरकारले वर्ष २०७५ मा जनअपेक्षा अनुसारको काम गर्न नसकेको टिप्पणी गरेको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे काग्रेसले दुई तिहाईको सरकासंग काम गर्ने प्रसस्त आधार र वातावरण हुदा पनि जनअपेक्षा अनुसार कार्य गर्न नसकेको आरोप लगाएको हो ।
शक्ति विकेन्द्रीकरण र संघीयताको सफल कार्यान्वयनका क्षेत्रमा पनि सरकारले उल्लेख्य काम गर्न नसकेको काग्रेसको आरोप छ । त्यस्तै वर्ष ०७५ मा संवैधानिक परिषद्लाई कार्यपालिका झै एक पक्षीय बनाउने दुस्प्रयासलाई गति दिएको , सरकारको अपरिपक्व र अदूरदर्शी शैलीका कारण अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको छविमा ह्रास आएको काग्रेसको ठहर छ ।
त्यस्तै शान्ति सुरक्षाका क्षेत्रमा र भ्रष्टाचार अन्त्य गर्ने बिषयमा पनि सरकार चुकेको काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह गरे । अघिल्लो वर्ष जे जस्तो भए पनि नयाँ वर्षमा जिम्मेवार अभिव्यक्ति, जिम्मेवार व्यवहार गर्न उनले सुझाव दिए ।
पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको आरोप समेत लगाए । आफ्ना कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको उनको भनाई छ । प्रधानमन्त्रीले निर्देशन दिँदा पनि सत्तारुढ दलको कार्यकर्ता अरिंगाल नबनेको भन्दै धन्यवाद दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
के देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
वरियतामा हार्दिक पाण्डेय अलराउण्डरको वरियतामा शिर्ष स्थानमा
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
असार १९, २०८१ बुधबार
अधिवेशन गर्न नसकेर थला परेका कांग्रेसका १० भ्रातृ संस्थाको चैतसम्म थपियो म्याद
असार १९, २०८१ बुधबार
मनाङको बाटो सधैँ जोखिमपूर्ण
असार १९, २०८१ बुधबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार