पुनः निमार्णको पखाइमा ऐतिहासिक सोह्र खुट्टे पाटी
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १५:५६:३४
२९ भदौ, ललितपुर । ललितपुर महानगरपालिका–२२ बुङ्गमती स्थित ऐतिहासिक सोह्र खुट्टे पाटी जीर्ण अवस्थामा पुगेको छ । २०७२ सालमा भूकम्पले क्षति पु¥याएका धेरै सम्पदाहरु पुनःनिर्माण भए पनि सो पाटी अझै पुनःनिर्माण भएको छैन ।
काठमाडौं उपत्यकामा अन्य विभिन्न पाटी भए पनि सोह्र खुट्टा भएको पाटी छैनन् । इतिहासकारका अनुसार सोह्र खुट्टा भएकाले सोह्र खुट्टे पाटी भनिएको हो । ऐतिहासिक घुम घरको आकारमा निर्माण भएको सोह्र खुट्टे पाटीको अहिले एउटा पिल्लर अर्थात् खुट्टा भूकम्पले क्षति पु¥याएको थियो । पार्टी प्रयोगविहीन छ ।
रातो मच्छिन्द्रनाथको १२ वर्षे रथारोहन समयमा सोह्र खुट्टेमा रातो मच्छिन्द्रनाथको रथलाई बास बसाल्ने गरिन्छ । त्यसै समय सोह्र खुट्टे पाटीमा कुमारीलाई राख्ने चलन छ । १२ वर्षमा एकपटक बुङ्गमतीबाट रातो मच्छिन्द्रनाथको रथलाई पाटन क्षेत्रमा घुमाएपछि पुनः बङ्गमतीमा पु¥याउने परमपरा छ । सोह्र खुट्टे पाटीमा धेरै वर्षपहिले भत्तपुर, काठमाडौँ, कीर्तिपुरबाट बुङ्गमती हुँदै डुगुछाप, छुम्पी र पर्सीडोल पदैल यात्रा गर्नेहरु अबेर भएपछि बास बस्ने गरेको ६१ वर्षीय मानकुमार महर्जन बताउछन् । उनले भन्छन, “सोह्र खुट्टे पाटी ऐतिहासिक पाटी हो । अन्य पाटीहरुभन्दा यो पाटी फरक छ । भूकम्पले भत्काउनुभन्दा अघि राम्रो थियो तर अहिले त जीर्ण अवस्थामा छ ।”
इतिहास बोकेको सोह्रो खुट्टे पाटी मुख्य सडक छेउमा पर्छ । यदि सडक विस्तार गर्नुपरेमा पाटीलाई अर्को ठाउँमा सार्नुपर्ने हुन्छ । ललिपुर महानगरपालिका–२२ का वडाअध्यक्ष सागर तुलाधरले समितिसँग सल्लाह गरेर पाटीलाई हालको स्थानभन्दा पछाडिी सारेर पुनः निर्माण गर्ने बताउछन्। उनका अनुसार महानगरपालिकाबाट सोह्र खुट्टे पाटी पुनःनिमार्णका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । उनले भने, “भूकम्पले भत्काएका अन्य पार्टीहरु पुनः निर्माण भइसकेका छन् । धेरै लामो इतिहास बोकेको सोह्र खुट्टे पाटी पुनः निर्माण हुन सकेको छैन । अब यो वर्ष नै हामी यसलाई निर्माण गर्ने तयारीमा छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको सिमाना जोडिएको कोरला नाका पूर्वाधारको पर्खाइमा
जेठ १३, २०८१ आइतबार
तमोर–मेवा जलविद्युत आयोजनाको काम सुरु
जेठ ११, २०८१ शुक्रबार
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
जेठ १०, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?
जेठ १९, २०८१ शनिबार
कस्तो छ आजको मौसम पुर्वानुमान ?
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार