स्वास्थ्यमन्त्री बस्नेतदेखि मेयर बालेनसम्मको अभिव्यक्तिप्रति आयोगको आपत्ति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २९, २०८० शुक्रबार १६:५३:३४
२९ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य मन्त्री मोहन बस्नेतदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शुक्रबार आयोगले विज्ञप्ति सार्वजनिक गर्दै मेयर शाहले सामाजिक सञ्जाल मार्फत सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको र मन्त्री बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।
आयोगको विज्ञप्तिमा लेखिएको छ,‘काठमाडौँका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनेको, ताप्लेजुङमा कोशी प्रदेश सभा सदस्य खगेन सिं हाङ्गामले सुरक्षा निकायका प्रमुखलाई सार्वजनिक स्थलबाटै धम्की दिएको पाइएको छ ।
नेपालको संविधान र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भए तापनि अरुको मर्यादामा आँच आउने र शान्ति सुरक्षामा आँच पुग्न सक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न सकिँदैन ।’
त्यस्तै आयोगले नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा साङ्घातिक आक्रमण जस्ता अन्य घट्नाहरुले शान्तिसुरक्षामा समेत आँच पुग्न गई राज्य संयन्त्रप्रति नै अविश्वास पैदा हुने संभावना भएकाले छानबिन गरि कारबाहीको लागि माग गरेको छ ।
विज्ञप्तिमा आयोगले भनेको छ, ‘नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा साङ्घातिक आक्रमण भएको, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा दुर्व्यवहार भएको, चिकित्सकहरूमाथि कुटपिट भएको भन्दै हेटौँडा अस्पतालका ७८ जना चिकित्सकले राजीनामा दिएको जस्ता घटनाहरू आयोगको जानकारीमा आएका छन् । यस प्रकारका आपराधिक र अराजक गतिविधिले अराजकतालाई प्रश्रय दिने र शान्तिसुरक्षामा समेत आँच पुग्न गई राज्य संयन्त्रप्रति नै अविश्वास पैदा हुने सम्भावना रहन्छ ।’
कानुनको शासन र मानव अधिकारको प्रत्याभूतिका लागि यसप्रकारका गतिविधि र घटनामा संलग्न आरोपितलाई कानूनबमोजिम कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न, गराउन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुनियन र चौतारी निरीह बन्दा माओवादी षडयन्त्रको शिकार भयो पत्रकार महासंघ
असार ९, २०८१ आइतबार
काठमाडौंका मेयर बालेनविरुद्ध कबाड व्यवसायीको नाराबाजी ( फोटोफिचर )
असार २, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार