संविधान दिवसमा आममाफी दिने विषयमा गृह मन्त्रालय र राष्ट्रपति कार्यालय बीच विवाद, मागियो कारण
नेपालबहस संवाददाता
भदौ ३१, २०८० आइतबार १०:७:१३
३१ भदौ, काठमाडौं । संविधान दिवसका अवसरमा जेलमा सजाय भोगिरहेका तर, आचरणमा सुधार आएकालाई आममाफी दिने विषयमा गृह मन्त्रालय र राष्ट्रपति कार्यालयबीच विवाद देखिएको छ । विभिन्न अपराधमा सजाय तोकिएका तर, हालसम्म पक्राउ नपरेका अपराधीलाई आममाफी दिन गृह मन्त्रालयले राष्ट्रपति कार्यालयलाई पत्र पठाएपछि विवाद बढेको हो ।
राष्ट्रपति कार्यालयका अनुसार गृह मन्त्रालयले शुक्रबार ३४ जनालाई माफी मिनाहा दिनुपर्ने भन्दै पत्र पठाएको थियो । पत्रमा अहिलेसम्म प्रहरीले पक्राउ गर्न नसकेका मात्रै व्यक्तिलाई माफी दिन भनेर पत्र आएपछि उनीहरूलाई माफी दिनु पर्नाको कारण लेखेर पठाउन र स्पष्ट पार्न गृह मन्त्रालयलाई भनेको छ । आममाफी दिने विषय यसअघि पनि विवादमा आएकाले राष्ट्रपति कार्यालयले माफी दिनुपर्ने कारण खुलाउन भनेको हो ।
गृह मन्त्रालयले राष्ट्रपति कार्यालयलाई संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिनुपर्ने पत्रमा कारण नखुलेको भन्दै त्यसको आधार स्पष्ट लेखेर पठाउन र माफी मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनाकै व्यक्तिगत विवरण पनि राष्ट्रपति कार्यालयलाई पठाउन भनिएको छ । गृहको प्रस्ताव फिर्ता पठाएर त्यसका कारण र सबै माफी दिनुपर्ने व्यक्तिको विवरण राखेर पठाउन भनिएको छ ।
सजाय पाएका व्यक्तिले माफी मिनाहाका लागि गृह मन्त्रालयमार्फत राष्ट्रपति समक्ष निवेदन दिन सक्ने व्यवस्था छ । निवेदन दिँदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो, सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नु पर्नेछ ।
तर, मन्त्रालयले सिफारिस गर्दा यस्तो फैसलाको प्रतिलिपि पनि संलग्न गरेको छैन । मन्त्रालयले दुई तरिकाले माफी मिनाहाका लागि नाम सिफारिस गर्ने गर्छ । पहिलो कारागारमा कैद भुक्तान गरिरहेकाहरुको चालचलन हेरेर माफी मिनाहाको सिफारिस गरिन्छ ।
दोस्रो भनेको सजाय तोकिएको तर कैद भुक्तानी नगरेकाहरुको हकमा गृहबाट सिधै प्रस्ताव जान्छ । अहिले पठाइएका ३४ जना दोस्रो प्रकृतिका हुन् । मन्त्रालयले पठाएको सिफारिसमा माफी दिनुपर्ने कुनै कारण पनि खुलाइएको छैन ।
कैद भुक्तान गरेकाहरू मध्येबाट भने कारागार व्यवस्थापन विभागले भने यस वर्ष ८ सय जनालाई माफी मिनाहाको सिफारिस गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ६७० जनाको कैद माफी गर्ने निर्णय गरेको छ ।
त्यसमध्ये कसैको ५० प्रतिशत र कसैको ६० प्रतिशत कैद मिनाहा गर्ने प्रस्ताव आएको छ । त्यस बारेमा निर्णय भइसकेको छ । यो प्रस्ताव चाँही मन्त्रिपरिषदको भएकाले राष्ट्रपतिले स्वतः स्वीकार गरेका छन् ।
गृह मन्त्रालयले कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै कानुन विपरीत गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाको सिफारिस गरेको थियो । आममाफी दिनुपर्ने के कस्ता कारण हुन् ? महान्यायाधिवक्ताको रायसहित खुलाई पठाउन राष्ट्रपति कार्यालयले गृहलाई भनेको हो ।
तीमध्ये अधिकांश ज्यानमुद्दा र कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका व्यक्ति रहेका छन् । त्यसबाहेक तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्ति रहेको बताइएको छ । यस्ता गम्भीर प्रकृतिका मुद्दामा सजाय मिनाहा गर्न नहुने कानुनी व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा एसका केन्द्रीय तहका नेता स्वतः महाधिवेशन प्रतिनिधि हुने
असार २, २०८१ आइतबार
सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
असार २, २०८१ आइतबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु
असार २, २०८१ आइतबार
मनाङमा खाद्य उत्पादन वृद्धि
असार २, २०८१ आइतबार
ताप्लेजुङमा बाढी पहिरोले दर्जनौँ परिवार विस्थापित
असार २, २०८१ आइतबार
पार्टीको ह्वीप नमानेको भन्दै सांसद गुरुङलाई एमालेले सोध्यो स्पष्टीकरण
असार २, २०८१ आइतबार
टी-२० विश्वकप : नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै
असार २, २०८१ आइतबार