एनआरएनएको ११ औं विश्व सम्मेलन मार्च २ र ३ मा हुने, यस्तो छ कार्य विभाजन
नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १०:०:३१
२ असोज, काठमाडौं । गैर आवासीय नेपाली संघ 'एनआरएनए' ले आगामी मार्च २ र ३ मा ११ औं विश्व सम्मेलन गर्ने निर्णय गरेको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको १८ औं बैठकले महाधिवेशनको गर्ने निर्णय गरेको हो ।
बद्री समूहले एनआरएनएको एकता भंग गरेपछि अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा बसेको बैठकले ११ औं विश्व सम्मेलन गर्ने निर्णय गरेको हो । विश्व सम्मेलन सम्पन्न गर्न अध्यक्ष कुँवरको संयोजकत्वमा मूल तयारी समिति पनि गठन गरिएको सचिव कृष्ण सञ्जेलले जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएको एकता सम्बन्धी सहमति बद्री समूहले उल्लंघन गर्दै एकलौटी राष्ट्रिय सम्मेलन गर्दै विश्व सम्मेलनको घोषणा गरेपछि विशेष साधारणसभाले एकता हुन नसक्ने निष्कर्ष निकाल्दै ११ औँ विश्व सम्मेलन गर्ने निर्णय गरेको हो ।
महाधिवेशन आयोजक समितिका सल्लाहकारहरूमा निर्वतमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले, निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन, निवर्तमान उपाध्यक्ष सोनाम लामा, पूर्व आइसीसी सदस्य जमुना गुरुङ, पूर्व संरक्षक दिल गुरुङ, सम्पूर्ण वर्तमान सल्लाहकारहरू र सम्पूर्ण मानार्थ परिषद सदस्यहरू रहेका छन् ।
त्यसैगरी सम्पूर्ण पदाधिकारीहरू, परिषद सदस्य र सबै एनसीसी अध्यक्षहरू समेत रहने गरी मूल आयोजक समिति गठन गरिएको छ । समितिका सदस्य सचिवमा कार्यकारी निर्देशक राजेश सम्शेर राणा रहेका छन् ।
विश्व सम्मेलनबाट संघको नयाँ नेतृत्व चयन गरिनेछ । त्यसको लागि ३ देखि ५ सदस्य रहने गरी एक निर्वाचन समितिको गठन गरिने भएको छ । समितिका प्रमुख र सदस्यहरूको नियुक्ति संघका अध्यक्ष र महासचिवले रहनेछन् ।
विश्व सम्मेलनको लागि आर्थिक व्यवस्थापन र श्रोत विकासका लागि उपाध्यक्ष भोमा लिम्बुको संयोजकत्व समिति गठन गरिएको छ भने उपाध्यक्ष थर्क सेनको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । महासचिव जानकी गुरुङको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । सो समितिले महाधिवेशन प्रतिनिधिहरूको समेत प्रमाणीकरण कार्य गर्नेछ ।
त्यस्तै, प्रवक्ता प्रकाश धमलाको संयोजकत्वमा घोषणापत्र २०२४ जारी गर्न प्रवक्ता प्रकाश धमलाको संयोजकत्वमा समिति गठन गरिएको छ भने प्रचार प्रसार तथा प्रकाशन समितिको नेतृत्व सचिव संजेललाई दिइएको छ ।
बिशेष साधारणसभा २०२३ ले पारित गरेका परिमार्जित दफा र नियमहरू समेत समेटेर विधान संशोधनको लागि क्षेत्रीय संयोजक केशब कडेलको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ कार्यक्रम व्यवस्थापन गर्न यूथ एम्बसडर दिपेश खत्रीको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैङ्ककमा निर्यात प्रवर्द्धन कार्यक्रम
जेठ १७, २०८१ बिहिबार
इस्लामावादमा पनि बुद्ध जयन्ती मनाइयो
जेठ १७, २०८१ बिहिबार
वासिङ्टन र अबुधावीमा गणतन्त्र दिवस मनाइयो
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार