पाकिस्तानमा ७० बर्षिया वृद्धा र युवकको बिहेको चर्चा चुलियो
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १०:५३:६
४ असोज, लाहौर । तपाईँले सामाजिक सञ्जालमा अनौठो विवाह देख्नु भएको होला । जसमा प्रेमीले आफ्नो प्रेमीलाई मनाउन हरसम्भव प्रयास गर्छ ।
तर यो समाचार सामाजिक सञ्जालका समाचारहरू भन्दा केही फरक हुनसक्छ । हो, यो ३५ वर्षकी दुलहाले ७० वर्षकी वृद्धासँग विवाह गरेको कुरा हो । यो समाचार पाकिस्तानको हो । यो विवाहले फेरी चर्चा पाएको छ ।
३५ वर्षका नईम शहजाद आफ्नो उमेरभन्दा दोब्बर महिलासँग प्रेममा परेका थिए । उनले क्यानडाकी ७० वर्षीया मेरीसँग फेसबुकमार्फत भेट गरेका थिए । यी दुई बीचको मित्रता यतिसम्म बढ्यो कि उनीहरू एकअर्काको प्रेममा पर्न थाले । त्यो मायाको ज्वरोले ७० वर्षकी मेरी र नईम शहजादको विवाहमा परिणत गराउने कार्य गर्यो ।
पाकिस्तानका नइमले सन् २०१२ मा फेसबुकमार्फत दुवै नजिक भएको बताए । दुबैले लगातार ३ वर्ष एकअर्कालाई बुझेका थिए । सन् २०१५ मा क्यानडाकी ७० वर्षीया मेरीले उनलाई प्रपोज गरेकी थिइन् । तर, दुवैले सन् २०१७ को अगस्टमा क्यानडामा विवाह गरेका थिए । तर यही क्रममा नइमले भिसासम्बन्धी समस्या झेल्न थाले । जसका कारण दुवै क्यानडामासँगै बस्न सकेनन् ।
७० वर्षीया मेरी हालै पहिलो पटक पाकिस्तान गएकी थिइन् । यसै क्रममा मेरीले नइमसँग पाकिस्तानमै बस्ने निर्णय गरेकी छिन् । केहीले नइमको यो निर्णयलाई भिसा प्राप्त गर्ने तरिकासँग जोडिरहेका छन् । तर, नइमले यी सबै आरोप निराधार भएको बताएका छन् ।
उनीहरूको सम्बन्धको बारेमा कुरा गर्दै पाकिस्तानका नईम भन्छन्, मेरी मानसिक रूपमा विचलित थिइन् । उनी निकै बूढो भइसकेका छिन् । उनी आर्थिक रुपमा पनि कमजोर छिन् । मामूली पेन्सनमा मात्रै बाँचेकी छिन् । हामी बीचको उमेरको भिन्नता के हो रु मलाई मतलब छैन। अब मरियम मेरी पत्नी हो।’
उनीहरूको घरमा महँगो सामान नरहेको र उनीहरू दुबैले सामान्य जीवन बिताइरहेको समेत उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मोटरसाइकल चोरीमा संलग्न ४ जना काठमाडौंमा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
काठमाडौं महानगरको १५ औं नगर सभा जेठ ३२ मा
जेठ १८, २०८१ शुक्रबार
तराईमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
जेठ १८, २०८१ शुक्रबार
अब लाइसेन्स भएपनि बन्दुक घरबाहिर लैजान यात्रा अनुमति अनिवार्य लिनुपर्ने
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार