१२ करोडको सीमा हटाउन राष्ट्र बैंकका गभर्नरले लचकता देखाएसँगै शेयरबजारमा हरियाली, नेप्सेमा ४४ अंकको बृद्धि
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार १६:१२:३२
४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले शेयर धितो कर्जामा लचकता अपनाउने जानकारी दिएपछि बिहीबारको शेयरबजारमा उछाल आएको छ । उनले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने आश्वासन दिएका थिए । योसँगै बिहीबार शेयरबजारमा हरियाली छाएको छ । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा गभर्नर अधिकारीले १२ करोडको सीमा हटाउने बताएका थिए ।
लामो समयदेखि सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउन राष्ट्र बैंकका गभर्नर अधिकारी लचक देखिएपछि शेयरबजार बढेको हो । अर्थमन्त्री प्रकाशशरण महतसँग भएको पटक–पटकको छलफल र लगानीकर्ताहरूको चर्को दवावपछि गभर्नर अधिकारीले यो सीमा हटाउने बताएका थिए । राष्ट्र बैंकले निर्देशिकामार्फत यो व्यवस्था हटाउन लागेको छ । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिसमक्ष पनि शेयरबजारलाई खुला गर्ने प्रतिबद्धता गभर्नरले जनाएका थिए ।
मंगलबार समितिको बैठकमा गभर्नर अधिकारी र अर्थमन्त्री महतबीच शेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमामा पुनरावलोकन गर्ने सहमति जुटेको थियो । समग्र बजेट कार्यान्वयन गरी अर्थतन्त्रलाई कसरी चलायमान बनाउने विषयमा भएको छलफलमा शेयर धितो कर्जाको सीमा हटाउने विषयलाई प्राथमिकता दिइएको थियो । छलफलमा सहभागी एक अधिकारीले गभर्नरले तुरुन्तै यसलाई पुनरावलोकन गर्ने जानकारी छलफलमै दिएको बताएका थिए । पछिल्लो समय शेयरबजार घट्दो क्रममा रहँदा शेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन राष्ट्र बैंकलाई निकै दवाव परेको थियो ।
सरकारले घरजग्गाको कित्ताकाट खुकुलो बनाएसँगै लगानीकर्ताहरूले शेयरबजारलाई पनि खुकुलो बनाएर जानुपर्नेमा जोड दिँदै आएका थिए । मौद्रिक नीतिमार्फत नै यसलाई हटाउनका लागि राष्ट्र बैंकलाई दबाब थियो । तर, मौद्रिक नीतिले त्यसलाई सम्बोधन गरेन । पछिल्लो समय अर्थमन्त्री महतले ब्याजदर र शेयर बजारसम्बन्धी नीतिमा गभर्नरसँग निरन्तर छलफल गर्दै आइरहेका थिए । लगातारको छलफलपछि गभर्नर अधिकारीले यस नीतिमा लचक हुने जनाउ दिएका थिए ।
शेयर लगानीकर्ताले व्यक्तिगत रुपमा १२ करोडको सीमा पर्याप्त रहेपनि शेयर बजारमा लगानी गर्ने उदेश्यले आएका कम्पनीमा उक्त सीमा व्यवहारिक नभएको बताउँदै आएका थिए । सबै क्षेत्रबाट आलोचनको विषय भएपछि १२ करोडको सीमा हटाउन तयारीसँगै शेयरबजारमा हरियाली छाएको हो ।
साताको अन्तिम कारोबार दिन बिहिबार बजार परिसूचक नेप्से ४४.३४ अंकले वृद्धि हुँदा २०२९.७८ को विन्दुमा पुगेको छ । आइतबार ४२.१४ अंकको उच्च गिरावट भएको नेप्से सोमबार र मंगलबार भने बढेको थियो । मंगलबार १९८४.४३ को विन्दुमा बन्द भएको नेप्से बिहीबार २.२३ प्रतिशतले बढेर बन्द भएको हो ।
हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि हुँदा बिहीबार नेप्से पनि बढेको हो । नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक ५.३१ प्रतिशतले बढेको छ । यस्तै वित्त कम्पनी उपसूचक ४.३८ प्रतिशत र विकास बैंक उपसूचक ३.७७ प्रतिशतले वृद्धि भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
तीन पटक सर्किट ब्रेक लागेर आजको कारोबार बन्द
मंसिर २४, २०८० आइतबार
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
मंसिर १८, २०८० सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
सलमान खानको फिल्म सिकन्दरमा रश्मिकाको एन्ट्री
बैशाख २७, २०८१ बिहिबार
न्यायाधीश शर्माको इजलासमा पर्यो गण्डकी सरकारविरुद्धको रिट
बैशाख २७, २०८१ बिहिबार
आगलागीबाट घरसम्पती गुमाएपछि परिवारको बिजोग
बैशाख २७, २०८१ बिहिबार
आगलागीमा बाकसमा राखेको १६ हजार जलेर नष्ट
बैशाख २७, २०८१ बिहिबार
न्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
डढेलो लागेको मैदानमा पुनः घाँस पलाउँदै
बैशाख २७, २०८१ बिहिबार