नेपालगञ्जमा स्याउ बिक्री गर्न जुम्लाका व्यापारी महिलालाई भ्याइनभ्याइ
नेपालबहस संवाददाता
असोज ५, २०८० शुक्रबार १३:४५:४८
५ असोज, बाँके । जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ ।
भदौको २६ गतेदेखि उनलाई नेपालगञ्जमा ल्याइएको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको हो । किलोको रु एकसय दशदेखि रु एकसय ४०सम्म जुम्लाको हावापानीमा फलेको स्याउ खान पाइने भन्दै स्याउ किन्न ग्राहक बिहानैदेखि नेपालगञ्जको धम्बौझीमा भेटिन्छन् ।
बिहान मर्निङ वाक गर्नेदेखि मन्दिर जानेले समेत प्राङ्गारिक स्याउ किन्ने भएकाले कर्मकन्या नेपालगञ्जको धम्बौझी चोकमा कार्टुनमा स्याउ बिक्री गर्न बस्छिन् । बिहानदेखि बेलुकासम्म स्याउ बिक्री हुने भएकाले आफूले खाना पनि ग्राहक नआएका बखत मेसो मिलाएर खाने गरेको उनी बताउँछिन् ।
“बिहानदेखि बेलुकासम्मै स्याउ बिक्री गर्न बस्नुपर्छ खाना खाने समयको टुङ्गो हुँदैन । ग्राहक नआएको मौका छोपेर खाना खाने गर्छु ।” कर्मकन्या भन्छिन् । असोजको दोस्रो हप्तासम्म स्याउ बिक्री गरेर जुम्ला फर्कने योजना रहेको बताएकी उनी अझै ४० कार्टुन स्याउ जुम्लाबाट मगाएको पनि बताउँछिन् ।
अहिलेसम्म २० कार्टनु स्याउ बिक्री गरी सकेकी कर्मकन्या स्याउ बिक्री गर्न बाँकी नै भएकाले नाफा कति भयो भन्ने हिसाब नगरेको जानकारी दिन्छिन् । “स्याउ बिक्री गर्न अझै बाँकी नै भएकाले अहिलेसम्म कति नाफा भयो भनेर हिसाब गरेको छैन । यता स्याउ झार्नका लागि जुम्लामा स्याउ टिप्न लगाएको छु । नाफा घाटाको हिसाब असोजको दोस्रो हप्तामा गर्ने हो ।” उनको भनाइ छ ।
कर्मकन्याजस्तै सोही गाउँपालिका–६ गोरुचौरकी राजकन्या रोका पनि जुम्लाबाट स्याउ बिक्री गर्न नेलागञ्ज झरेकी हुन् । उनले भदौको २५ गते तीनसय त्रिचालिस पेटी स्याउ लिएर नेपालगञ्ज आएकी हुन् । हालसम्म तीनसय तीन पेटी स्याउ बिक्री गरी सकेको राजकन्या बताउँछिन् ।
एउटा पेटीमा २० किलो स्याउ हुने भएकाले उनले १२ दिनमा लगभग ६० क्विन्टल स्याउ बिक्री गरिसकेकी छन्। अझै ४० पेटी स्याउ बिक्री गर्न बाँकी नै रहेको र थप २० देखि २२ पेटी स्याउ जुम्लाबाट मगाउने योजना जानकारी दिँदै राजकन्या स्याउ बिक्री गर्न बाँकी भएकाले नाफाको हिसाब नगरेको बताउँछिन् ।
यो समयमा नेपालगञ्जको मुख्य चोक धम्बौझी, कारकाँदो, सेतु विक, पुप्पलाल, गणेशमान, बसपार्कलगायत स्थानमा जुम्लाबाट स्याउ लिएर महिला व्यापारी आफैँ बिक्री गर्न आएका हुन् । जाजरकोटका महिला व्यापारीले पनि जुम्लाको खरिद गरेर बिक्री गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुद्धशालिक इन्द्रचोक फुटपाथ विस्तारको कार्य अन्तर्गत बिजुलीको पोल र तार हटाउँदै [ फोटो फिचर ]
कात्तिक २९, २०८१ बिहिबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
लेक लाग्दा कसरी जोगिने ?
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार