सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
राजनीतिक नेतृत्वलाई नछुने गरी आयोग बनाउनु पर्ने गृहमन्त्री नारायणकाजीकाे प्रस्ताव
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार १३:१०:१५
६ असोज, काठमाडौं । सुन तस्करीको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्ने बारेमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बाधक भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संगठित अपराधको मात्रै अनुसन्धान गरेकोले त्यसमा राजनीतिक व्यक्तिहरूको कनेक्सनलाई छुटाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय आयोग माग गरेको भए पनि उपप्रधानमन्त्री श्रेष्ठ बाधक देखिएका हुन् ।
गृह मन्त्रालयमा शुक्रबार भएको दोस्रो चरणको छलफल पनि राजनीतिक नेतृत्वलाई नछुने गरी आयोग बनाउनु पर्ने प्रस्ताव गरेका कारण उनी बाधक देखिएका थिए । सुन काण्डका मुख्य विचौलियासँगकाे संगत नेकपा माओवादीका उच्च नेताहरूसँग रहेका कारण उनीहरूको बारेमा कुनै पनि प्रकारको अनुसन्धान गर्न नपाईने किसिमको कार्यविधि श्रेष्ठले तयार पारेपछि वार्ता रोकिएको थियो ।
सो कार्यविधिमा सहमति हुन नसकेपछि शुक्रबार सिंहदरबार स्थित गृह मन्त्रालयमा भएको दोस्रो चरणको छलफलमा पनि सरकार र प्रमुख प्रतिपक्षी दलबीच सहमति जुट्न सकेन । सहमति जुट्न नसक्दा सरकारले संसदमार्फत आयोग गठन गर्न गरेको प्रतिवद्धता र तोकेको समय सीमा नाघेको छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पुनः छलफल गर्ने सहमति भएको छ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले दुवै चरणका छलफलमा सहमति जुट्न नसकेको बताए । ‘विभिन्न प्रकारका राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा सरकारका उच्च पदस्तका अधिकारीको पनि सहभागिता छ भन्ने पुष्टि भएको छ, आयोग गठन भएन यो दुर्भाग्यपूर्ण कुरा हो,’ उनले भने । असोज ५ गते आयोग गठन गर्ने भदौ ६ को सहमतिअनुसार शुक्रबार दुई चरणमा सरकार पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरूबीच छलफल भएपछि यसमा श्रेष्ठ नै बाधक रहेको स्रोतको दावी छ ।
सुन काण्डमा पक्राउ परेका विचौलिया दावा छिरिङसँग माओवादीका नेताहरू कृष्णबहादुर महरा, उनको छोरा राहुल महरा, अमला रोका, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनको परिवार , वर्षमान पुन र उनको परिवारको सम्पर्क देखिएको छ । तर उपप्रधानमन्त्री श्रेष्ठ उनीहरूको विषयमा कुनै पनि प्रकारको अनुसन्धान गर्न नहुने अडानमा रहेका छन् । विद्युतीय चुरोट (भेप) मा लुकाएर नेपाल ल्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्व सभामुख एवं सत्तारूढ दल माओवादीका उपाध्यक्ष महराका छोरा राहुल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई दुई साताअघि नै काठमाडौंबाट पक्राउ गरेको हो । यही प्रकरणमा पूर्व सभामुख महरा समेतलाई अनुसन्धानको दायरामा ल्याइने सीआईबीले जनाए पनि उनलाई निगरानीमा मात्रै राखिएको छ ।
सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाट पुष्टि भइसकेको छ । चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलिसकेको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको बताए ।
बाबुछोरा विरुद्ध संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, स्वास्थ्य अवस्थाको कारण देखाई बाबु महरालाई भने प्रहरीले नियन्त्रणमा नलिई निगरानीमा मात्रै राखेको छ । महराले अर्का छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क गरेको सीआईबीले किटान गरेर प्रतिवेदन तयार पारिसकेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराका अर्का छोरा राहुलसँग २८ पटक सम्पर्क भएको देखिन्छ ।
राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक सम्पर्क गरेको देखिन्छ ।
त्यसैगरी नन्दबहादुर पुनसँग दावा छिरिङको पूर्ण सम्पर्क देखिएको छ । पुनकी बुहारीले तिहारमा टिका लगाएको तस्वीर पनि सार्वजनिक भैसकेको छ । यस्तो अवस्थामा सीआईबीले उनीहरूमाथि अनुसन्धान नै नगरी छुट दिएको छ । यस्तै दाव छिरिङसँग सम्बन्ध रहेका अध्यागमन विभागका पूर्व प्रमुख सहसचिव स्वयं उपप्रधानमन्त्रीकै राम्रो सम्बन्ध भएकाले उनको पनि संरक्षण रहेको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
दूतावासले भिषा दिए सन्दीप आजै अमेरिका उड्ने, ४ बजे अन्तरवार्ता
जेठ १७, २०८१ बिहिबार
पर्यटकीय सम्भावना बोकेको रिग तालको प्रवर्द्धनमा पालिकाको चासो
जेठ १८, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
तनहुँमा हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति
जेठ १८, २०८१ शुक्रबार
यी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
क्यान अध्यक्ष चन्द भन्छन्, सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
जेठ १८, २०८१ शुक्रबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार