आइएमई जेटीआई टेनिस शुरु, १ सय ११ खेलाडी मैदानमा
इन्द्र रिजाल
बैशाख ३, २०७६ मंगलबार १३:८:४९
काठमाडौं । आइएमई जेटीआई ग्राण्ड जुनियर एकलओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएकोछ । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गत वर्षदेखि हुँदै आएको प्रतियोगितामा यस पटक पोखरा, बुटवल लगायत देशका अन्य स्थानबाट १ सय ११ जना प्रतिस्पर्धीहरू सहभागी हुनेछन् ।
कूल रू.३,२६,०००। (अक्षेरुपी तीन लाख छब्बिस हजार) पुरस्कार राशिको उक्त एकल प्रतियोगिताको उद्घाटन आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्ष गोपाल दास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र टेनिस संघका पुर्व अध्यक्ष हेम लामाले संयुक्त रुपमा हिजो दशरथ रङ्गशालामा गरेका थिए ।
८ वर्षदेखि १४ वर्षसम्मका वालबालिकाहरुले भागलिने उक्त प्रतियोगिता शनिबारसम्म दशरथ रङ्गशालामा संचालन हुनेछ । आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा संचालित एक मुनाफा रहित परोपकारी संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतकाकार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आइरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार