रामेछापको ऐतिहासिक पर्यटकीय क्षेत्र शैलुङमा चौँरीसँग बसाई कार्यक्रम [ फाेटाे फिचर ]
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १२:३६:३१
१० असोज, रामेछाप । रामेछापको ऐतिहासिक पर्यटकीय क्षेत्र शैलुङमा बिहीबारबाट हुने लागेको चौँरीसँग जङ्गली बसाई कार्यक्रमको तयारी पूरा भएको छ ।
याक तथा चौँरी पर्यटन विकास कार्यक्रम अन्तर्गत आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन आउने पाहुनाको लागि शैलुङ डाँडामा टेन्ट राखेर बसाइको व्यवस्था मिलाइएको छ । रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङ प्राकृतिक हिसाबले अत्यन्त मनोरम छ । धार्मिक हिसाबले पनि सो ठाउँलाई हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र भूमि मानिन्छ ।
शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष दावासङ्बु शेर्पाले कार्यक्रमका सहभागी हुन बिहीबार साँझ पाहुनाहरू शैलुङ आइपुग्ने बताए । बिहीबारबाट उनीहरूको बसाइ शैलुङमा टेन्टमुनि हुने छ । टेन्टमा नै आवास, स्वास्थ्य सेवा लगायतका सम्पूर्ण सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइएको छ ।
स्पार्क एडभेञ्चर काठमडौंको आयोजनामा हुन लागेको कार्यक्रमको सहजीकरण शैलुङ खोलाखर्क चौँरीपालक कृषक समूह दोरम्बा शैलुङले र व्यवस्थापनको काम शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्द्धन समितिले गरेको छ ।
चौँरीसँग जङ्गली बसाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अफिसर, चिकित्सक, पाइलट, इन्जिनियर, प्राध्यापक, खेलाडी र खेलसम्बद्ध पदाधिकारी, कूटनीतित्रहरु, कर्पोरेटस्, सञ्चारकर्मी, संगीतकार, लेखक, व्युरोक्राट्स, कलाकार लगायतको सहभागिता हुने शेर्पाले जानकारी दिए ।
यसबाहेक सेवा क्षेत्रका स्थानीयको पनि कार्यक्रममा सहभागिता हुने छ । कार्यक्रममा काठमाडौंबाट २ सय ५० बढी पाहुनाहरू आउने तय भएको उनले बताए ।
पाहुनाहरू तीन दिनसम्म शैलुङको जङ्गलका चौँरी गोठमा घुम्ने र रमाउनुको साथै शैलुङमा बास बस्ने छन् । शेर्पाका अनुसार असोज ११ गते पाहुनाहरू शैलुङ पुग्ने छन् । त्यहाँ उनीहरूलाई स्वागत गरिने छ । असोज १२ गते परिचयात्मक कार्यक्रम एवं घुमफिर र मनोरञ्जन कार्यक्रम हुने छ । १३ गते औपचारिक रूपमा समापन कार्यक्रम हुने छ ।
शैलुङको पर्यटन विकास र प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको शेर्पाले बताए । शैलुङसम्म यातायात साधन पुग्न लागेपछि केही वर्षयताबाट शैलुङ घुम्न आउने पर्यटकको सङ्या बढ्न लागेको छ । प्रचारको कमीले अझै पनि शैलुङमा सोचे अनुसार पर्यटक आउन सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुद्धशालिक इन्द्रचोक फुटपाथ विस्तारको कार्य अन्तर्गत बिजुलीको पोल र तार हटाउँदै [ फोटो फिचर ]
कात्तिक २९, २०८१ बिहिबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
लेक लाग्दा कसरी जोगिने ?
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार