पूर्वअरनिकोले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाइयो
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १६:५८:४६
१२ असोज, काठमाडौं । पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौंको जडिबुटीमा ६ रोपनीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिको नाममा अल्पकालीन आदेश जारी गरेको छ ।
छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन आज आदेश दिएको हो । सुविधा सन्तुलनको दृष्टिबाट कम्पनीले बसपार्क संचालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरिएका संरचनाहरुलाई तोडफोड वा भत्काउने कार्य हुने उच्चले ठहर गरेको छ ।
महानगरपालिकाले उपत्यकाबाहिर छुट्ने यात्रुवाहक गत साउन १ गतेदेखि सबै सवारी साधनलाई गोंगबुस्थित नयाँ बसपार्क प्रयोग निर्देशन दिएपछि पूर्वअरनिको यातायातले सुविधाको दृष्टिले यात्रुलाई असहज र महंगो भाडा पर्ने जनाउँदै महानगरको वडा नं. ३२ अन्तर्गत जडिबुटीमा जग्गामा भाडामा लिएर करिब ८ कराेड रुपैयाँ लगानी सुविधायुक्त बसपार्क बनाएको थियो ।
बसपार्क बनिसकेपछि पनि महानगरले संचालनको अनुमति नदिँदा प्रयोगविही हुँदै आएको छ । अनुमतिका लागि महानगर र वडा कार्यालयमा धाउँदा संचालनको अनुमति दिनुको साटो डोजर लगाएर भत्काइदिने बताएपछि अरनिको उच्च पुगेको थियो । उसले यही बुधबार मात्र बसपार्क भत्काउने काम रोक्न अन्तरिम आदेशको मागसहित रिट निवेदन दर्ता गराएको थियो ।
साथै रिट निवेदककाे माग बमाेजिम अन्तरिम आदेश दिन पर्ने वा नपर्नेबारे छलफल दुवै पक्षलाई यही असोज १४ गते उच्चमा बोलाइएको छ ।
बसपार्क संचालन गर्न नपाउँदा अरनिकाे र बीपी राजमार्ग हुँदै चल्ने भाडा बसहरू जडिबुटी सडक क्षेत्रबाट छुट्दै आएका छन् । जडिबुटी हुँदै सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, काभ्रे, ओखलढुंगा लगायत धुलिखेलबाट छुट्टिने बर्दिबास पूर्वका जिल्लाहरुका लागि बस, सुमो, ह्यास, माइक्रो लगायत छुट्दै आएका छन् । यी सवारी गोंगबु जाँदा थप ट्राफिक जाम हुने र यात्रुलाई पनि थप ढुवानी भार बढ्ने हुँदा गोगबु बसपार्क अरनिको राजमार्गमा चल्ने सार्वजनिक यातायातका लागि व्यवहारिक नरहेको यात्रुहरु बताउँछन् ।
महानगरले भने संचालन गर्न नदिने अडान राखेकाे छ । महानगरका मेयन बालेन साहले अनुमति नदिने पक्षमा अडान लिँदै आएका छन् । बसपार्क संचालन गर्न अनुमति दिन सांसदहरूले समेत संसद बैठकमा आवाज उठाउँदै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको फन्टुस निर्णयविरुद्ध सर्वोच्चमा रिट, आइतबार प्रारम्भिक सुनुवाइ हुने
जेठ १८, २०८१ शुक्रबार
छिपछिपे सहकारीको रकम हिनामिना गर्ने ३५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिँदै
जेठ १८, २०८१ शुक्रबार
पेशी दोहोरिने प्रकरणः अदालतको सिस्टमबाटै हुन्छ कि नियतबस गरिन्छ ?
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार