इजरायलीहरू अब बिना भिसा अमेरिका भ्रमण गर्न पाउने
नेपालबहस संवाददाता
असोज १२, २०८० शुक्रबार १७:५६:३०
१२ असोज, वासिङ्टन । इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीहरूलाई भिसा 'प्रवेशाज्ञा' बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ ।
आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजरायली नागरिकलाई तीन महिनासम्म अमेरिकामा बस्ने अनुमति प्राप्त हुनेछ तर निजले अमेरिका प्रवेश गर्नुअगावै आफ्नो भ्रमणको अभिलेख अध्यागमन विभागमा दर्ता गराउनुपर्नेछ ।
‘असामाजिक एवं गैरकानुनी गतिविधि गर्नसक्ने ठानेर अमेरिकी अध्यागमन अधिकारीले निजलाई प्रवेशमा रोकसमेत लगाउन सक्नेछ,’ अध्यागमन अधिकारीलाई दिइएको अधिकारको एक बुँदामा भनिएको छ । होमल्याण्ड सेक्युरिटीले निर्धारण गरेका पूर्वसर्तको पालना नभएमा इजरायलीले प्रवेशाज्ञा 'भिसा' पाउने छैनन् ।
बाइडेन प्रशासनको यो घोषणाबाट इजरायलले अमेरिकामा प्रतिष्ठित स्थान प्राप्त गरेको छ । संसारका एक सय ९३ भन्दा बढी मुलुकमध्ये करिब ४० देशलाई मात्र अमेरिकाले ‘भिसा लिनुनपर्ने’ सुविधा र सम्मान दिएको छ । बाइडेन प्रशासनले वासिङ्टन, जेरुसेलम र रियादबीच चलिरहेको त्रिदेशीय वार्ताको परिणामका रुपमा पनि लिइएको छ ।
अब इजरायलले प्यालेस्टिनीहरूसँग राम्रो व्यवहार गर्ने अपेक्षा गरिएको छभने इजरायलमा साउदी लगानी बढ्ने आशा गरिएको छ । अमेरिकी मध्यस्थतामा साउदी र इजरायलबीचको सम्बन्ध सामान्य बन्दै गएको छ । गत साता साउदी अरबको एउटा उच्चस्तरीय टोली प्यालेष्टिनी क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको थियो ।
“भिसा छुट कार्यक्रममा इजरायललाई सहभागी गराउनु हाम्रो साझा सुरक्षा चासो हो, यसले हाम्रा दुई देशबीचको घनिष्ठ सहयोग र सहकार्यलाई प्रतिविम्बित गरको छ,” होमल्याण्ड सुरक्षा सचिव अलेजान्ड्रो मेयोर्कासले एक वक्तव्यमा भनेका छन्, “यसले संयुक्त राज्य अमेरिका र इजरायल बीचको एक दशकभन्दा बढीको काम र समन्वयलाई प्रतिनिधित्व गर्दछ, यसले आतङ्कवाद विरोधी सहकार्य, कानुन प्रवर्तन र हाम्रा अन्य साझा प्राथमिकताका क्षेत्रमा मिलेर काम गर्न प्रेरणा दिएको छ ।”
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले अमेरिकी निर्णयको स्वागत गरेका छन् । अमेरिकाका लागि इजरायलका राजदूत माइकल हर्जोगले पनि अमेरिकी घोषणालाई दुई देशबीचको सम्बन्धमा महत्वपूर्ण उपलब्धि भन्दै त्यसको प्रशंसा गरे । “यसले हाम्रो विशेष सम्बन्धलाई झल्काएको छ, जसले जनस्तको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ,” सामाजिकस सञ्जाल एक्समा उनले लेखेका छन्
यसैबीच, केही अमेरिकी सांसदले बिना भिसा इजरायलीलाई अमेरिकामा प्रवेश गर्न दिने बाइडेन प्रशासनको आलोचना गरेका छन् । उनीहरूले प्यालेष्टिनीमाथिको व्यवहार इजरायलले नसच्च्याएको दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी हतियार प्रयोग गरेर रुसभित्र आक्रमण गर्न राष्ट्रपति बाइडेनको अनुमति
जेठ १८, २०८१ शुक्रबार
युद्धग्रस्त सुडानमा बाल कुपोषणमा उल्लेखनीय गिरावट
जेठ १८, २०८१ शुक्रबार
चुनावको प्रचार सकेर मोदी ४५ घण्टे ध्यानमा
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
कृषकलाई हाते ट्र्याक्टर वितरण
जेठ १९, २०८१ शनिबार
मनाङ घुम्न गएका युवक चार दिनदेखि सम्पर्कविहीन
जेठ १९, २०८१ शनिबार
टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?
जेठ १९, २०८१ शनिबार
कस्तो छ आजको मौसम पुर्वानुमान ?
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार