कर्मचारीलाई बोनस बाँडेर निगमले मूल्य बढाउन सुहाउँदैनः लामिछाने
नेपालबहस संवाददाता
असोज १४, २०८० आइतबार १४:१८:४७
१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आयल निगम घाटामा छ भने बोनस बाँढ्ने रकम कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले स्वचलित मूल्य भए आयल निगमले मूल्य घट्दा दुई दिनसम्म किन घटाउँदैन भन्दै प्रश्न गरे ।
“प्रधानमन्त्री भ्रमण गरेर ‘मुड फ्रेस’ गराएर आउनुभयो । आउँदा आउँदै जनताको मुड अफ गराउनुभयो । फेरि मूल्य वृद्धि फिर्ता लिने कुराले मुड फ्रेस बनाउनुभएकोमा धन्यवाद छ,” उनले भने, “आयल नियम व्यापार गर्छ, बोनस बाढ्छ, अनि घाटामा छु भन्छ । स्वचालित मूल्यबाट चल्ने भए मूल्य घटेको बेला किन यसले दुई दिनसम्म मूल्य घटाउँदैन किन ?” राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले प्रतिनिधिसभा बैठक केही बेर अवरुद्ध गरेका छन् । आइतबारको बैठकको सुरुमा सो पार्टीका सांसदहरूले आसनबाट उठेर विरोध गरेका हुन् ।
बैठक सञ्चालनका निम्ति सभामुख देवराज घिमिरेले सो पार्टीका सांसदहरूलाई आग्रह गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन भएकाले बैठक अवरुद्ध नगर्न उनले आग्रह गरे ।
तर, रास्वपाका सांसदहरू नमानेपछि उनले सो पार्टीका सभापति रवि लामिछानेलाई बोल्न समय दिए । लामिछानेले चीन भ्रमणबाट ‘मुड फ्रेस’ गरेर आएका प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको ‘मुड अफ’ हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै आपत्ति जनाए ।
बैठकमा सभापति लामिछानेले संविधान दिवसका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरेकामा आपत्ति जनाएका थिए । उनले संविधान जारी भएको खुशियाली मनाउनुपर्ने दिनमा दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
बस्न सकेन कार्यव्यवस्था पराशर्म समितिको बैठक
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार