नबिल बैंक र ईयूको सहयोगमा सञ्चालित परियोजनासँग सम्झौता
नेपालबहस संवाददाता
असोज १९, २०८० शुक्रबार २२:५:८
१९ असोज, काठमाडौं । नबिल बैंकले नेपालमा ऊर्जा दक्ष र दिगो आवासको प्रवर्द्धनका लागि युरोपियन युनियन 'ईयू' को सहयोगमा बिल्डिङ इनर्जी इफिशियन्सी इन नेपाल 'बीईएन' सँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
यो सम्झौतासँगै नबिल बैंक र बीईएन प्रोजेक्ट दुवै नेपालमा दिगो र जलवायु अनुकुल भवन डिजाइनको प्रवर्द्धनमा काम गर्न सहमत भएका छन् । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत 'सीईओ' ज्ञानेन्द्रप्रसाद ढुंगाना र बीईएन प्रोजेक्टका प्रोजेक्ट लिडर ड्यानियल नेयरले एमओयूमा हस्ताक्षर समारोहमा उपस्थित अन्य पेशाकर्मीहरू बीच सम्झौतामा हस्ताक्षर गरे ।
बैंकका अनुसार यो साझेदारीले विशेष गरी अभिनव वित्तीय प्याकेज विकास गर्ने, वित्तीय प्याकेजको मूल्याङ्कन गर्न प्राविधिक क्षमता निर्माण गर्ने र दिगो र ऊर्जा दक्ष भवनहरूको प्रवर्द्धनका लागि प्राथमिकताका वित्तीय योजनाहरूमा पहुँच पुर्याउन लिंकेज सहजीकरण गर्नेलगायतका गतिविधिहरू सञ्चालन गर्ने बैंकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले जलवायु परिवर्तनप्रति संवेदनशिल रहेको र ग्लोबल वार्मिङ न्यूनीकरणमा योगदान पु¥याउँदै आएको नबिल बैंकले बताए ।
जलवायु आपतकालिन न्यूनीकरणमा बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै पौड्यालले भने, ‘उर्जा दक्ष र दिगो भवन निर्माणले वातावरणलाई मात्र फाइदा पुर्याउँदैन, हाम्रो समुदाय र आर्थिक चक्रमा पनि सकारात्मक प्रभाव पार्छ ।’ उनले सन् २०४५ सम्ममा शुद्ध शून्य उत्सर्जनमा पुग्न ठूलो लगानी आवश्यक रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआइसी एशिया बैंकले सार्वजनिक गर्यो आफ्ना ग्राहकहरूलाई कर्जा छुटसम्बन्धी योजना
जेठ १६, २०८१ बुधबार
एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा
जेठ १५, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
आरोही भनेपछि आफ्नै परिवारको सदस्यजस्तो लाग्छ : प्रधानमन्त्री दाहाल
जेठ १६, २०८१ बुधबार