इजरायलमा रहेका नेपालीको उद्धार र तत्काल मृतकका शव नेपाल ल्याउन फोरएच नेपालको माग
नेपालबहस संवाददाता
असोज २२, २०८० सोमबार ११:३२:७
२२ असोज, काठमाडौं । गैरसरकारी संस्था फोरएचले इजराइलमा रहेका नेपालीको उद्धार गर्न नेपाल सरकार र विभिन्न संघसंस्थाहरुसँग आग्रह गरेको छ । दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । उनीहरुको शव तत्काल नेपाल ल्याउन उसले माग गरेको छ ।
फोरएच नेपालले इजरायल हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्दार र नेपाल फिर्तिका लागि कुटनीतिक पहल गर्न पनि सरकारसँग माग गरको छ । इजरायलस्थित नेपाली दुतावासलाई घाइते नेपाली नागरिकको अवस्था बुझेर उद्दारका लागि पहल लिन आग्रह गरेको छ ।
प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि शनिबार गरेको आक्रमणमा अहिलेसम्म १० जना नेपाली पनि मारिएका छन् । इजरायल नेपालीहरूको वैदेशिक रोजगारी र अध्ययनको प्रमुख गन्तव्यमा पर्ने हुनाले नेपालमा पनि चिन्ता बढेको छ । फोरएचद्वारा जारी विज्ञप्तीमा सरकारले जनसाधारणलाई र विशेषगरी इजरायलमा रहेका नेपालीका आफन्तहरूको अवस्थाबारे जानकारी गराउन भनिएको छ ।
हिंसाग्रस्त क्षेत्रबाट नेपालीलाई स्वदेश फर्काउने वा अन्यत्र सार्ने विषयमा इजरायलसँग सम्पर्क बढाउन माग गरिएको छ । हाल त्रिभुवन विश्वविद्यालय, कृषि तथा बन विश्व विद्यालय, सुदूरपश्चिम विश्व विद्यदालयबाट कृषि विषयमा अध्यायन गर्न इजरायल सरकारसँग भएको सम्झौता अन्तरगत कृषि कामसँगै अध्यायन कार्यक्रमा गएका विद्यार्थी आक्रमणमा परेको भन्दै अब देखी यस्ता विद्यार्थीलाई द्वन्द्वरत क्षेत्रमा नपठाउन पनि फोरएचले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थगित भयो पत्रकार महासंघको निर्वाचन
असोज ४, २०८१ शुक्रबार
बालअधिकार आन्दोलनका प्रणेता गौरी प्रधान सम्मानित
असोज १, २०८१ मंगलबार
उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
भदौ ३०, २०८१ आइतबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार