२८० जना नेपाली इजरायलबाट फर्किन इच्छुक रहेको परराष्ट्रको दावी, आज जाने जहाजमा मृतकका शव नल्याइने
नेपालबहस संवाददाता
असोज २४, २०८० बुधबार १७:१३:१७
२४ असोज, काठमाडौं । सरकारले इजरायलमा अलपत्र रहेका नेपाली लिन जाने नेपाल वायुसेवा निगमको जहाजमा एकै पटक त्यहाँ मृत्यु भएकाको शव नल्याउने भएको छ । शव ल्याउन इजरायल सरकारको अनुमति चाहिने र त्यसका लागि थप प्रक्रिया पुर्याउनुपर्ने भएकाले विद्याथीहरुसँग मृतकको शव नआउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधबार इजरायल घटनाबारे जानकार दिन मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले शव ल्याउन इजरायल सरकारको अनुमति चाहिने जानकारी दिइन् । उनले इजरायलमा रहेका नेपालीमध्ये २८० जना स्वेश फर्किन इच्छुक रहेको जानकार दिइन् । उनले २८० जना नेपाली इजरायलबाट फर्किन इच्छुक रहेको बताइन् ।
२५० जना बोक्ने नेपाल बायु सेवा निगमको जहाज आज राती इजरायल जाँदैछ । नेपाल वायुसेवा निगमको जहाज राती २ बजे त्यसतर्फ जाने बताइएको छ । प्रवक्ता सेवा लम्सालले घाइतेको उपचार जारी रहेको, घर फर्किन चाहनेको लागि उद्धारको कार्यमा गम्भीर रूपमा लागेको बताइन् । हाल दुई जना विद्यार्थी डिस्चार्ज भइसकेको बताइन् । २ जना अझै उपचारको क्रममा रहेको र सम्पर्कबिहिन रहेका १ जनाको खोजीका लागि निरन्तर लागिरहेको उनले बताइन् ।
सम्पर्कविहिन बनेका बिपिन जोशीको खोजीका लागि सरकारले इजरायल सरकारसँग गम्भीर भएर लागेको बताइन् । गाजा क्षेत्र नजिक रहेका ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाई छ । त्यस्तै ७२ जनालाई थप सुरक्षित स्थानमा सारिएको उनको भनाई छ ।
मृतकको शव नेपाल ल्याउन समेत सरकारले प्रयास गरिरहेको बताइन् । ‘सबै मृतकको शव इजरायल सरकारको संरक्षणमा राखिएको छ । त्यहाँबाट सबै प्रकृया पुरा गरेर हामीलाई हस्तान्तरण गरेपछि हामी ल्याउँछौं ।’ उनले भनिन् ।
शव नेपाल ल्याएर मृतकका आफन्तहरूलाई बुझाउने उनको भनाई छ । यसका लागि नेपालस्थित इजरायली दूतावास र इजरायलस्थित नेपाली दूतावास सक्रिय भएर लागेको उनको भनाई छ । आज राती २५० सिट क्षमताको वाइड बडी जहाज त्यसतर्फ जान लागेको उनको भनाई छ । त्यस्तै इजरायलको व्यवसायीक उडानमार्फत फर्किन चाहनेलाई सहजिकरण गर्न सरकार तयार रहेको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार