मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब पुग्यो
नेपालबहस संवाददाता
असोज २७, २०८० शनिबार १५:२३:१२
२७ असोज, कर्णाली । एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्रा. डा. पदमलाल देवकोटा र रजिष्ट्रार सह–प्रा डा ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत आव २०६८÷६९ मा रु ८३ लाख ९८ हजार तथा आव २०७८÷७९ सम्ममा रु एक अर्ब १२ करोड ५७ लाख पुगेको बताए ।
“यसमा असुलउपर र सैद्धान्तिक एवं प्रक्रियागत बेरुजु परेको छ”, रजिष्ट्रार पौडेलले भने । वीरबहादुर पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । उहाँले असुलउपर गर्ने बेरुजुमा रु ६३ लाख ६६ हजार ९६४ मा केही प्रतिशत मात्र असुल भएको बताए । रजिष्ट्रार पौडेलका अनुसार रु १२ करोड ४० लाख ५१ हजार बेरुजु सम्परीक्षण गरिएको छ । अझै करिब रु एक अर्ब बेरुजु विश्वविद्यालयले फछ्र्योट गर्न बाँकी छ ।
आर्थिक वर्ष २०७५÷७६ मा उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको पदावधिमा सबैभन्दा बढी रु ४० करोड ५९ लाख ६० हजार ९३६।०४० प्रतिशत बेरुजु आएको उनले बताए । यहाँ असुलउपर गर्नुपर्ने बेरुजु पनि रहेको उनको भनाइ थियो । विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले करिब १३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेकोजस्तो गरेर सामाजिक सञ्जाल तथा समाचार माध्यमबाट आएपछि त्यसको भ्रम हटाउन पत्रकार सम्मेलन कार्यक्रम गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं उपत्यकाभित्र त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
थपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार