त्रिकोणात्मक टी–२० शृंखलाका लागि नेपाली टोलीको घोषणा, परेनन् सन्दीप लामिछाने
कुसुम सेञ्चुरी
असोज २९, २०८० सोमबार १४:५४:२२
२९ असोज, काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विवेक यादव, ललितनारायण राजवंशी र अविनाश बोहरा छन् ।
तर, अदालतमा आफूविरुद्धको विचाराधीन मुद्दाको सुनुवाइमा ढिलाई गरिएको भन्दै सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका कारण समावेश गरिएको छैन ।
विश्वकप छनोटको तयारीस्वरुप नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा यूएई र हङकङ छन् । प्रतियोगिता बुधबारदेखि सुरु हुँदै छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी
जेठ ३, २०८१ बिहिबार
सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार