पृथ्वी राजमार्ग : दशैंको बेला कतै हिलो, कतै धुलो [ फाेटाेफिचर ]
नेपालबहस संवाददाता
कात्तिक ४, २०८० शनिबार १६:१८:४९
४ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्ग विस्तारको कामले दशैंको बेलामा यात्रु हरुले सास्ती भोग्नु परेको छ । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको पोखरा र आसपासका जिल्लालाई सडक संजालमा जोडेको पृथ्वी राजमार्ग नेपालकै व्यस्त सडकमा गनिन्छ।
घाम लागेका बेला सडकबाट उडेका धुलोले अगाडि यात्रा गरिरहेका सवारी देख्न मुस्किल पर्छ। मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको मा दुवै खण्डको हालसम्मको प्रगति १५ प्रतिशत रहेको छ। काम सम्पन्न गर्नुपर्ने म्याद अझै थप्दा पनि प्रगति सुस्त भएर समयमै सम्पन्न नहुने आशङ्का उब्जिएको छ। अहिलेको समयमा ओहोरदोहोर गर्ने यात्रुहरूको चाप छ ।
सडक अवस्थाले समस्या खेप्नु परेको यात्रुहरू बताउँछन । दशैंको समयमा वर्षेनि काठमाडौं बाट घर फर्किदै आइरहेका दमौलीका रमेश ढकाल यो वर्ष निकै सास्तीका साथ यात्रा गरेको बताउँछ्न । ' ठेकेदार हरुको ढिला सास्तीले गर्दा समयमै घर नपुग्ने समस्या भएको छ ' । उनि भन्छन ,' पहिला मुग्लिन देखि दमौली आइपुग्न करिब २ घण्टा लाग्ने गरेकोमा अहिले सडकको अवस्थाले ५ देखि ६ घण्टा लाग्ने गरेको छ '। पूर्वी खण्ड अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५ दशमलव पाँच प्रतिशत रहेको छ ।
त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ। यो खण्डमा कामको गति झनै सुस्त देखिएको छ। यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको छ। चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार