शान्ति सम्झौताअनुसार नै नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छः राष्ट्रपति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १२, २०८० आइतबार २१:१२:७
१२ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति सम्झौताअनुसार नै नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने बताएका छन् । उनले द्वन्द्व पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय नहुने गरी अदालतको आदेश र संयुक्त राष्ट्रसंघको चासो यी सबैलाई ध्यान दिएर मेलमिलापको सिद्धान्तका आधारमा बाँकी काम पुरा गर्नुपर्ने बताएका छन् ।
नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आइतबार शीतल निवासमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका थिए । भेटमा गुटेरेसलाई यस्तो बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
पौडेलले अहिलेको जटिल विश्व राजनीतिक अवस्थामा राष्ट्रसंघको भूमिका अझ बढेको बताउँदै नेपाल राष्ट्रसंघीय शान्ति मिसनको दोस्रो ठूलो योगदानकर्ता मुलुक भएको स्मरण गराएका थिए । शान्ति सेनामा खटिएका नेपाली सेनाको नेतृत्व तहको जिम्मेवारीका लागि पनि उनले आग्रह गरेका थिए ।
जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भीर भइदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरुलाई दायित्व पूरा गर्न राष्ट्रसंघलाई पहलकदमी लिन पनि उनले आग्रह गरेका हुन् ।
‘जलवायु परिवर्तनको कारण हामी होइनौं । अरुले अधिक कार्बन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौं, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण बिगार्नेहरुलाई दायित्व पूरा गर्न झकझक्याउनुपर्दछ‚ राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै पोखरेलले भने ।
उनले सगरमाथा र अन्नपूर्ण आधारशिविरजस्ता ठाउँहरुको भ्रमण स्वयम् महासचिवले गर्ने भएकाले सेतो हिमाल कसरी कालो हुँदैछ, अतिवृष्टि र अनावृष्टि के कस्तो प्रभाव पर्याे भन्ने कुरा महसुस गर्न पाउने विश्वास पनि पौडेलले व्यक्त गरेका थिए ।
भेटका अवसरमा महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा नेपालको कुनै कमजोरी नहुँदा नहुँदै पनि सबैभन्दा बढी असर भोग्नु परिरहेको उल्लेख गर्दै ‘कोप’का सन्दर्भलाई लिएर जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिन आफ्नो नेपाल भ्रमण प्राथमिकतामा परेको बताएका थिए ।
आफ्नो नेपाल भ्रमण तीन एजेण्डामा केन्द्रित रहेको बताउँदै उनले सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनीकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकाले यहाँ आएको भनाइ राखेका थिए । राष्ट्रपतिसँगको भेटमा परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रपति कार्यालयका सल्लाहकारहरु, पदाधिकारीहरु तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु
असार २, २०८१ आइतबार
मनाङमा खाद्य उत्पादन वृद्धि
असार २, २०८१ आइतबार
ताप्लेजुङमा बाढी पहिरोले दर्जनौँ परिवार विस्थापित
असार २, २०८१ आइतबार
पार्टीको ह्वीप नमानेको भन्दै सांसद गुरुङलाई एमालेले सोध्यो स्पष्टीकरण
असार २, २०८१ आइतबार