कामपाले छाडा गाईबाच्छा काञ्जी हाउसमा राख्ने
नेपालबहस संवाददाता
कात्तिक २२, २०८० बुधबार १३:१०:१९
२२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छाको व्यवस्थापन गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले कात्तिक २३ गतेदेखि महानगरको सडकमा भेटिएका छाडा गाईबाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका–७ स्थित कोपुगाउँमा रहेको काञ्जी हाउसमा राखिने जानकारी सामाजिक सञ्जालमार्फत दिएको छ ।
“सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् । तिर्खा लागेका बेला पानी तथा बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ”, प्रमुख शाहले उल्लेख गरे ।
उनले काञ्जी हाउसमा लगिने चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको, हेरचाहका लागि दुई जना स्थानीयवासीलाई दैनिक ज्यालादारीमा राखिएको र दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा उपलब्ध गराइने जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार