चुकेनी जलविद्युत्ले कर्णालीको विकासमा कोशेढुङ्गा
इन्द्र रिजाल
बैशाख ४, २०७६ बुधबार १९:२६:४९
विजय रावत
खलङ्गा । जुम्ला पातारासी गाउँपालिकाले चुकेनी जलविद्युत् आयोजनाको शेयर लगानीमा गाउँपालिकाका सबै घरधुरीलाई सहभागी गराएको छ ।
जुम्लाको पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको सो आयोजनामा गाउँपालिकाले सबै घरधुरीको नाममा शेयर लगानी गरेको हो । यसका लागि गाउँपालिकाले रु दुई करोड लगानी गरेको हो ।
गाउँपालिकाले यहाँका तीन हजार ३२० घरधुरीको नाममा सो आयोजनाको शेयर लगानी गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर थापाले जानकारी दिए।
उनका अनुसार सो रकम बराबरले विद्युत्मा काम गर्नेछन् र काम गरेका जनताको नाममा शेयर लगानी हुनेछ । यसैगरी सो गाउँपालिकाका एक हजार १०० स्थानीयवासीले व्यक्तिगत रुपमा रु ९० लाख शेयर लगानी गरेको चुकेनी खोला विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर रावतले जानकारी दिए ।
यसका साथै रु एक करोड गाउँपालिकाले आफ्नो नाममा शेयर लगानी थपेको छ । यसको साथै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि लगानी गर्ने भएपछि सो जलविद्युत् आयोजना बन्ने पक्का भएको छ ।
अध्यक्ष रावतका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु २८ करोड ४४ लाख ३० हजार र थप बजेट अनुदान रु १८ लाख २८ हजार स्वीकृत भई बजेट सिलिङको पत्रसमेत प्राप्त भइसकेको छ ।
यसैगरी कर्णाली प्रदेश सरकार आर्थिक मामिला योजना मन्त्रालयबाट रु एक करोड रकम विनियोजन भएको पनि उहाँले जानकारी दिए । यसैगरी विभिन्न निकायको सहयोग तथा स्थानीयको शेयर लगानीसमेत भएपछि अब करीब एक मेघावाट बत्ती जुम्लामा दुई वर्षमा उत्पादन हुने पक्का भएको छ ।
विसं २०६९ वैशाख महीनामा उद्घाटन गरिएको सो जलविद्युत् आयोजना रकम अभावका कारण रोकिएको थियो । लगानी जुटेपछि अहिले टेण्डर प्रक्रिया अगाडि बढी सकेको छ । यसका साथै विद्युत्मा जनताले गरेको शेयर लगानी आम्दानीको ५० प्रतिशत जनतालाई मुनाफा वितरण गरिने लक्ष्य रहेको अध्यक्ष बुढाले बताए ।
उनका अनुसार आयोजना निर्माणका लागि एशियाली विकास बैंक ‘एडिबी’ले रु तीन करोड ऋण उपलब्ध गराउने भएको छ । आफ्नै खोलानालाबाट निकालिएको बिजुली नै आम्दानीको स्रोत भएकाले धेरै प्रयासपछि चुकेनीको लगानी जुटेको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए ।
चालिस वर्षअघि जुम्लाको सदरमुकाम खलङ्गाको साना जलविद्युत् आयोजनाबाट उत्पादित २२० किलोवाट विद्युत्बाट अहिले बजारको माग धान्न सकेको छैन् ।
चुकेनी जलविद्युत् आयोजना निर्माण भएमा पातारासी गाउँपालिकासहित जुम्ला सदरमुकामलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउने चुकेनी विद्युत् संहकारी संस्था लिमिटेडको लक्ष्य छ ।
उद्योग स्थापनाको बाटो खुल्ने
पर्याप्त जडिबुटीको उच्च सम्भावना रहेको पातारासीमा विद्युत् उत्पादन भएपछि जडिबुटी प्रशोधन केन्द्र स्थापना हुन सहयोग पुग्ने विश्वास लिइएको छ ।
यहाँ यार्सा, पाँचऔले, भुल्ते, खिरौलासहित दर्जनौँ प्रकारका लाखौँको जडिबुटी उत्पादन हुन्छ । तर बिजुली अभावका कारण जडिबुटी प्रशोधन केन्द्र स्थापना हुन नसक्दा यसबाट स्थानीयवासीले फाइदा लिन सकेको छैन भने ठूला व्यापारीहरुले लगानी गर्न सकेको अवस्था छैन । अब बिजुली उत्पादन भएमा लगानी गर्न सजिलो हुने बताइएको छ ।
यस्तै जुम्ला सदरमुकाममा पनि प्रयाप्त बिजुलीको अभावमा स्याउ प्रशोधन उद्योगदेखि विभिन्न आधुनिक उद्योगहरु फष्टाउन सकिएको छैन । यस्तो अवस्थामा चुकेनी जलविद्युत्ले यहाँको विकास र समृद्धिमा कोशेढुङ्गा सावित हुने विश्वास स्थानीयवासीको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएक महिनादेखि खानेपानीको अभाव : होटल व्यवसायी मर्कामा
जेठ १७, २०८१ बिहिबार
नदीमा जलसतह बढेपछि विद्युत् भारततर्फ निर्यात सुरु
जेठ १७, २०८१ बिहिबार
मर्मतपछि इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
अत्यधिक गर्मीले विभिन्न स्थानका विद्यालयको पठनपाठन प्रभावित
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै
जेठ १७, २०८१ बिहिबार