यूएईमा भरत गिरीको धन्दा: वैदेशिक रोजगारीका नाममा 'यौन शोषण' !
नेपालबहस संवाददाता
कात्तिक २५, २०८० शनिबार १६:५८:३६
२५ कात्तिक, काठमाडौं । धन कमाउन मान्छेले कतिसम्म कुकर्म गर्छन् भन्ने भक्तपुर घर भई हाल युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई बस्ने भरत गिरीको व्यवहारले देखाइरहेको छ । यूएईको स्थायी बसोबास अनुमति लिइसकेका गिरी पछिल्लो समय दुबईमा कामदार सप्लाई गर्ने कम्पनी सञ्चालन गरेर बसेका छन् । यूएईमा वैधानिक दर्ता अनुमति प्राप्त उनको अभारिका गिरी टेक्नीकल एण्ड क्लिनिङ सर्भिसले खास गरी महिला कामदारको धन्दा बढी गर्ने गर्छ । विभिन्न प्रलोभन र दवावमा पारेर महिला कामदारलाई पनि अनैतिक धन्दामा संलग्न हुन बाध्य पार्ने गरेको पीडितको गुनासो छ ।
आफूलाई जिल्ला मकवानपुर घर भई चुरियामाई २ की गीता (नाम परिर्वतन) नामकी युवतीलाई दुबईमा आफ्नो कम्पनीमा काम दिने भनेर मासिक २ हजार दिरामको प्रलोभनमा पारेर मोटो रकम असुल गरेका भरत गिरीले अन्ततः आफ्नो कम्पनीमा आउने ग्राहकलाई खुशी पार्नु पर्ने भन्दै यौन धन्दा गराउन बाध्य पारेपछि उनले त्यो कम्पनी नै छाडेर नेपाल फर्केकी छिन् ।
गीताले अभारिका गिरी टेक्नीकल एण्ड क्लिनिड्ग कम्पनी सञ्चालन गरी बसेका भरत गिरीको वास्तविक धन्दा उजागर गर्दै कारबाहीका लागि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी निवेदन समेत दर्ता गराएकी छिन् । उजुरी निवेदनमा आफूले काम पाउनका लागि बुझाएको रकम, केही समय काम गरेको पारिश्रमिक र भोग्नु परेको मानसिक एवं शारीरिक पीडाको क्षतिपूर्ति पनि माग गरेकी छिन् ।
उनै गीताका अनुसार दुबईमा भरत गिरीको कम्पनीमा काम गर्ने अरु धेरै नेपाली महिला कामदार यस्तै यस्तै पीडामा छन् । चन्द्रनिगाहापुरकी सरिता खड्का (नाम परिवर्तन) त विगत लामो समयदेखि आफैं बन्धक जस्तो अवस्थामा पुगेकी छन् । भरत गिरीले नै पारिश्रमिक र काम पनि फेरिदिने र भिसाको म्याद बढाइदिने भन्दै झुक्यानमा पारेर त्यहाँ अवैध जस्तै अवस्थामा पुगेपछि सरिता आफैं बन्धक जीवन बिताउन बाध्य छन् । मोटो रकम खर्चेर दुबई गएकी उनी रित्तो हात चाहेर पनि नेपाल आउन नसक्ने भएकाले लुकीछिपी भए पनि नयाँ कामको खोजीमा रहेको गीताले जानकारी गराइन् ।
उनी भन्दै थिइन् तपाईँले त्यहाँ भरत गिरीकै कारण सरिताले खेप्दै आएको दुःख र कष्ट सुन्न चाहनुहुन्छ भने उनैलाई भिडियो कल गरिदिन्छु । उनीबाटै सुन्नुस् भरत गिरीको धन्दा के हो ?
भक्तपुरको वागेश्वरी घर भएका भरत गिरी दुबईमा बसेता पनि उनकी श्रीमती अञ्जली विष्ट भने पशुपति क्षेत्र नजिकै गौरीघाट बस्छिन्, उनी त्यसै क्षेत्रको एक निजी स्कुलमा समेत अध्यापन कार्यमा संलग्न रहेको बताइन्छ । भाई शालिक राम जो मेनपावर व्यवसायी पनि हुन्, उनी समेत त्यही घरमा बस्छन् । नेपाल आउँदा जाँदा भरत गिरी त्यही घरमा बस्छन्, तर अचम्म ! श्रीमती अञ्जलीले श्रीमान भरतका बारेमा जानकारी माग्न खोज्यो भने डिभोर्स भइसकेको बताउँछिन् भने भाइ शालिक राम आफ्नो र दाजु बीच कुनै सम्बन्ध नरहेको बताएर उम्कन खोज्छन् ।
यूएईमा रोजगारी मिलाइदिने भन्दै भरत गिरीले थुप्रै नेपाली चेलीमाथि श्रम शोषण गरेका, उनीहरूबाट मोटो रकम असुल गरिएको गुनासो सार्वजनिक भइरहेका बेला उसले वैदेशिक रोजगारीमा गएका महिलालाई ग्राहक खुशी पार्न भन्दै यौनधन्दा गर्न बाध्य पारेको विषयले यति बेला उनीमाथि मानव बेचबिखन सन्दर्भमा पनि अनुसन्धान गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।
यिनै सन्दर्भमा भरत गिरीको मोबाइलमा सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् भने भाइ शालिक रामलाई दाई भरतको बारेमा गीताले गरेको उजुरी उपर केही सोधपुछ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले डाकिरहेको जानकारीमा आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार