फाइनलका लागि दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८० बिहिबार १०:३२:१७
३० कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा बिहीबार दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै छ । कोलकातास्थित इडेन गार्डेनमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे दुई टिमबीचको खेल सुरु हुनेछ ।
यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनलमा प्रवेश गरिसकेको छ । समूह चरणमा दोस्रो र तेस्रो स्थान हात पार्दै दक्षिण अफ्रिका र अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेका हुन् ।
दुवै टिमले समूह चरणका ९ खेलमध्ये ७÷७ खेलमा जित हात पारेका थिए । समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १३४ रनले हराएको थियो । ३१२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४०.५ ओभरमा सबै विकेट गुमाउँदै १७७ रन मात्र जोड्न सफल भएको थियो ।
विश्वकप प्रतियोगिताकै कुरा गर्द दुई टिम अहिलेसम्म ७ पटक आमनेसामने हुँदा ३÷३ खेल जितेका छन् भने एक पटक बराबर भएको छ । तर सन् १९९९ र २००७ को सेमिफाइनलमा भने अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएको थियो र दुवैपल्ट उपाधिसमेत जितेको थियो । सबै एकदिवसीय खेलमा भने दक्षिण अफ्रिका ५५ र अस्ट्रेलिया ५० खेलमा विजयी भएको अवस्था छ । अस्ट्रेलियाका ग्लेन म्याक्सवेल दक्षिण अफ्रिकाका लागि टाउको दुखाइ बन्न सक्छन् ।
म्याक्सवेलले यही विश्वकपको समूह चरणको खेलमा अफगानिस्ताविरुद्ध २०१ रन बनाएका थिए । १ सय २८ बलको सामना गरेका उनले २१ चौका र १० छक्का प्रहार गरेका थिए । एकदिवसीय खेलमा ४ हजार रनको नजिक पुगेका म्याक्सवेल र ७ हजार रनको नजिक पुगेका डेभिड वार्नरलगायतका अस्ट्रेलियन खेलाडी पछिल्लो समय फर्ममा रहेका छन् । त्यस्तै बलर एडम जम्पासमेत फर्ममा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
काठमाडौं उपत्यका र अन्य भागमा गरी अहिलेसम्म ३० जनाको मृत्यु, ११ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
डेंगु नियन्त्रण नीति निर्माण गर्न डाक्टर शेरबहादुर पुनको नेतृत्वमा कार्यदल गठन
असोज १२, २०८१ शनिबार
मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना
असोज १२, २०८१ शनिबार
काठमाडौँ उपत्यकाबाट ७५० जनाको सकुशल उद्दार, प्रतिकार्य कमाण्ड पोष्ट सक्रिय
असोज १२, २०८१ शनिबार
न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार