कुमारी बैंकको नयाँ सीईओमा चार्टर्ड एकाउन्टेन्ट खनाल नियूक्त, अर्यालले दिए राजीनामा
नेपालबहस संवाददाता
मंसिर २, २०८० शनिबार १६:१८:३२
२ मंसिर, काठमाडौं । कुमारी बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड एकाउन्टेन्ट एवं युवा बैंकर रामचन्द्र खनाल नियूक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको वैठकले खनाललाई आगामी चार वर्षका लागि सीईओ नियूक्त गरेको हो । उनी यसअघि बैंक कै वरिष्ठ सीईओका रुपमा कार्यरत थिए ।
एनसीसी र कुमारी बैंकलाई सफल मर्जर गराएका रमेशकुमार अर्यालले कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । सीईओ अर्यालले तिहार बिदा अघि दिएको राजीनामा शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
कुमारी बैंकले मर्जरपछिको बैंकमा सञ्चालक समितिको अध्यक्ष पाएपछि सीईओ एनसीसी बैंकका तत्कालीन सीईओ समेत रहेका अर्याललाई दिइएको थियो ।
यसअघि कुमारी बैंकका तत्कालीन सीईओ अनुजमणि तिम्सिनाले राजीनामा दिएपछि युवा बैंकर खनालले कामु सीईओको जिम्मेवारी पाएका थिए ।
सीईओमा नियुक्त खनाल नेपालका वाणिज्य बैंकहरुमा करिअरको छोटो अवधिमा उपल्लो स्तरमा पुग्ने सीमित बैंकरमध्ये गनिन्छन् । चार्टर्ड एकाउण्टेन्ट खनालले १४ वर्षअघि सानिमा बैंकको सिनियर अफिसरबाट करिअर सुरु गरेका थिए ।
त्यसपछि सिद्धार्थ बैंकमा ८ वर्ष काम गरेका खनाल कुमारी बैंकमा सहायक महाप्रबन्धकका रुपमा प्रवेश गरेका थिए । नेपालबहससँग कुरा गर्दै खनालले कुमारी बैंकलाई टप फाइभ वाणिज्य बैंकका रुपमा उभ्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार